बखतियार अलि–
सर्लाही, ९ भदौ । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्धनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले सर्लाहीको चक्रघटा गाउपालिकाका जनप्रतिनिधी तथा कर्मचारी संग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
अख्तियारमा सबै भन्दा बढि स्थानीय तहको उजुरी आउने गरेको आयोगका शाखा अधिकृत विकास कुमार मिश्रले बताए । मिश्रका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा स्थानीय तहको सबै भन्दा बढि उजुरी सामुदायिक बिधालयमा रकम हिनामिना, सरकारी सवारी साधन भाडामा लगाउने तर आम्दानी नदेखाउने, सरकारी सवारी साधनको दुरुपयोग भएको, एउटै योजनामा पटक–पटक भुक्तानी लिनेदिने गरेको, आम नागरिकलाई सूचनाको हकबाट बंचित गरेपछि उजुरी आउने गरेको छ ।
त्यस्तै स्थानीय तहमा काखापाखा गर्ने प्रवृती हाबि भएको देखिन्छ । दक्ष जनशतिmलाई अवसरबाट बंचित गरेपछि पनि उजुरी आउछ, मिश्रले भने । अनुसन्धान कार्यमा पालिकाले सहयोग नगर्ने, कानुन पालना र प्रणालीमा सुधारको खाचो रहेको उनले बताए ।
सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज बनाउनुको साटो झंन्झटिलो बनाएको कारण पनि उजुरी आउछ । अख्तियारमा उजुरी पर्ने बितिकै सेवा प्रवाहलाई बाधित बनाउनु पनि अखितयार दुरुपयोग हो, यो कुरा सबै राष्ट्रभतm कर्मचारीले बुझनु पर्ने अधिकृत मिश्रले बताए ।
कार्यक्रममा चक्रघटा गाउपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुले अ–आफनो मनमा लागेका कुराहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका उपसचिव तुलसीराम पौडेल संग राखेका थिए ।
जस्को जवाफमा उपसचिव पौडेलले सरल स्वभावमा भने अख्तियारमा उजुरी पर्ने बितिकै आतिनु पर्दैन, काम र सेवा प्रवाहलाई बाधित पारेर कर्मचारीले समस्यालाई झनै जटिल बनाउनु हुदैन । अख्यिार दुरुपयोग अनुसन्धानले उजुरी लिने हो, त्यो उजुरी झुठो पनि हुन सक्छ, साचो पनि हुन सक्छ ।
उजुरीको प्रकारबाट मात्र कार्वाही अगाडी बढाईन्छ । उजुरी परेपछि पनि बिश्वासनीय आधार फेला परेन भने कार्वाही प्रकृया अगाडी बढदैन । उजुरीको पछाडी परेर टेन्सन लिनु भन्दा हामिले आफनो कार्यालयमा सार्वजनिक खरिद नियमावली अनुसार कानुन सम्वत काम कार्वाही कसरी गर्न सकिन्छ ।
यो कुरालाई हामि सबैले बिशेष ध्यान दिनुपर्ने उपसचिव पौडेलले बताउनु भयो । समान्य प्रशासन मन्त्रालय अन्तरगत लिसा (ीक्ष्क्ब्) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चक्रघटा गाउपलिकाले राम्रो अंक ल्याउन सफल भएकोमा उपसचिव पौडेलले चक्रघटा गाउपालिकाको प्रशंसा समेत गर्नुभयो । चक्रघटा गाउपालिकामा अख्तियारले कार्यक्रमा गरिदिनु भएकोमा प्रमुख प्रशासकीय अधिकृत संजिव यादवले बिशेष धन्यवाद दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसंन्धानको यस कार्यक्रमबाट पालिकामा कार्यरत कर्मचारीहरुको मनोबल बढेको छ । यस अन्तरक्रियाबाट कर्मचारीहरुलाई जागरुक बनाउन मदत पुगेको अधिकृत यादवले बताउनु भयो । त्यसै गरि कार्यक्रमको प्रमुख अतिथि गा.पा. अध्यक्ष कृष्णकुमार यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले चक्रघटामा अन्तरक्रिया कार्यक्रम गरिदिनु भएकोमा आभार प्रकट गर्नुभयो ।
यस्ता अनुशिक्षण र जागरुक कार्यक्रम पटक–पटक हुनुपर्नेमा गा.पा.अध्यक्ष यादवले जोड दिनुभयो । कार्यक्रममा गा.पा. उपाध्यक्ष मिनादेवी यादव लगायत १ वडा देखि ९ वडा सम्मका वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा पालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो ।