विध्यानन्द राय—- सर्लाही,भदौ १०
सर्लाही जिल्लामा संचालित सहकारी संस्थाहरुमा छाडातन्त्र मौलाएको छ। सहकारीको सिद्धान्त र मुल्यमान्यतालाई लत्याउदै आफू खुशी संचालन भइरहेका सहकारीमा छाडातन्त्र मौलाएको हो।
जिल्लाभरी च्याउसरी खुलेका यस्ता सहकारीका संचालकहरु आफनो निजि स्वार्थलाई सर्वोपरी ठानी सहकारीको सिद्धान्त तथा मुल्यमान्यतालाई लाई वेवस्ता गर्दै आएका छन् ।
बचत तथा ऋण सहकारी संस्था,उपभोक्ता सहकारी संस्था, स्वास्थ्य सहकारी संस्था, कृषि सहकारी संस्था, संचार सहकारी संस्था, बहुउदेश्य सहकारी संस्था, विद्युत सहकारी संस्था लगायतका नामले खोलिएका यस्ता सहकारी संस्थाहरुले अन्तर्राष्ट्रिय सिद्धान्त तथा मूल्यमान्यतालाई वास्तानै नगरि यसका संचालकहरुले मनपरी रुपमा अर्थतन्त्र चलाई रहेको सहकारी अभियन्ताहरु वताउँछन् ।
केही न्युन्न बाहेक सर्लाही जिल्ला हजारौको संख्यामा खोलिएका सहकारी संस्थाहरुले सेवा भन्दा पनि बढी आमजनतालाई ढाँटेर आफ्नो खल्ती भर्ने काम मात्र गरिरहेको जानकारहरु बताउँछन् ।
यीनीहरु माथि निगरानी गर्ने नियमनकारी निकाय नहुँदा यस्ता सहकारी संस्थाहरु छाडा भएको जानकारहरुको भनाइ छ ।
तत्कालीन अवस्थामा डिभिजन सहकारी कार्यालय हुँदा छाडा प्रवृति कम हुने गरेको विघटित डिभिजन सहकारी कार्यालय सर्लाहीका भुपु प्रमुख सुरेन्द्र लाल कर्णले बताए ।
उनका अनुसार सहकारी संस्थाका संचालक तथा शेयर धनीहरुमा सहकारी शिक्षाको अभाव, नियामक निकाय द्वारा अनुगमनको कमी लगायतका कारणहरुले गर्दा सहकारीमा छाडातन्त्र मौलाएको हो।