Loktantra Khabar National Weekly
Ad

आज भगवान श्री कृष्णको जन्म जयन्तीको अवसरमा भब्य मेला

लोकतन्त्र खबर
११ भाद्र २०८१

लोकतन्त्र समाचारदाता— सर्लाही,भदौ ११

भगवान श्री कृष्णको जन्मदिवसको अवसरमा सदरमुकाम मलंगवासहित जिल्लाभरी भब्य मेलाको आयोजना गरिएको छ।

हिजो सोमबार हिन्दु घर्मावलम्वीहरुले श्रद्धापुर्वक कृष्णको पुजा गरि जन्माष्टमी मनाएका थिए।

जिल्लाभरीका कृष्ण मन्दिरहरुमा बिहानैदेखि श्रद्धालु तथा बर्तालुहरुको घुइँचो लागेको थियो।

भाद्रा कृष्ण अष्टमी तिथीका दिन वासुदेव र देवकीको कोखवाट आठौं सन्तान(पुत्र)को रुपमा जन्मनु भएका भगवान विष्णुका आठौ अवतार कृष्णलाई भक्तहरुले मोहन, कन्हैया, राधे, वासुदेव, देवकीनन्दन, छलिया, माखनचोर, मुरलीद्यर,मुरारी जस्ता नामले पनि जान्ने गर्छन ।

भगवान कृष्णले मानवजातीको कल्याणको लागि गीताको माध्यमबाट कर्मयोग, ज्ञानयोग र भक्तियोगको पाठ सिकाउनुभएको छ।

भगवान कृष्ण पहिलो महापुरुष हुन् । कृष्णनै पहिलो महापुरुष हो जसले ताल ठोकेर भनेका छन् कि “म नै ब्रह्म हुँ,म बाटै ब्रम्हाण्डको शुरुवात ,मध्ये र अन्त भएको छ”,म नै इश्वर हुँ,उहाँले कुरुक्षेत्रको युद्ध मैदानमा अर्जृनलाई उपदेश दिदै भन्नुभएको छ।

मलाई नै नमस्कार गर मलाईनै पुजा गर, ममा नै मन लगाउ, यो सृष्टीमा देवता नामको कुनै सक्षम सत्ता छैन । वास्तवमा भन्ने हो भने मनुष्य नै देवता हुन। मनुष्यको हृदय भित्रै देवता र दानवको बास रहेको छ।

काम,क्रोध,लोभ र अहंकार त्याग्ने मनुष्यनै देवता हुन भने यी चिजहरु नत्याग्ने मनुष्य दानव हुन।यो सब उपदेश उहाँले अर्जुनलाई सुनाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्: