लोकतन्त्र समाचारदाता—- सर्लाही,भदौ १३
भ्रष्टाचार मुद्दामा अदालतबाट कैद र सजाय तोकिएपछि १० वर्षदेखि फरार भएका एक महिलालाई लालबन्दीबाट प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही जिल्ला अदालतबाट २०७१ साल चैत ८ गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गरि कैद र जरिवाना तोकिएपछि फरार भएकी साविक रानीगंज गा.वि.स. वडा नं-८ ,हाल परिवर्तित लालबन्दी नगरपालिका वडा न-१७ बस्ने बर्ष ६१ की मन कुमारी पुर्वाछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए।
जिल्ला अदालतले निज उपर पुर्वाछानेलाई गत आइतवार इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिगएको प्रहरी अधिकृत सहितको टोलीले पक्राउ गरेको जिप्रका सर्लाहीले जनाएको छ।
सर्लाही जिल्ला अदालतले पुर्वाछानेलाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद र ३ लाख ५५ हजार ४८८ रुपैयाँ जरिवाना तोकेको थियो ।
निजलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।