Loktantra Khabar National Weekly
Ad

नेपाल राष्ट्रिय दलित समाज कल्याण सघं सर्लाहीकोअध्यक्षमा अधिवक्ता पासवान पुन: दोहोरिए

लोकतन्त्र खबर
१६ भाद्र २०८१

लोकतन्त्र समाचारदाता— सर्लाही,भदौ १६

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ(NNDSWO)सर्लाहीको अध्यक्षमा पुनः अधिवक्ता राजेश पासवान दोहोरिएका छन् ।

शुक्रवार सदरमुकाम मलंगवा नगरपालिका वडा न-३ विश्वकर्मा चौक स्थित मनमोहन सामुदायिक भवनमा सम्पन्न संघको दोस्रो अधिवेशनपछिको बन्दसत्रले अधिवक्ता पासवानलाई नै अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यस्तै संघकाे सदस्यहरुमा उमेश राम ,फेकु पासवान ,रुदल पासवान र रेनु देवी चयन भएका छन ।

अन्य ५ जना सदस्यहरुको मनोनयन अध्यक्षले गर्ने संघका सल्लाहकार राम नरेश मण्डलले जानकारी दिए। बाँकी रहेका ५ जना सदस्यहरुको मनोनयन पश्चात् ११ सदस्यीय नयाँ जिल्ला कार्यसमितिले पुर्णता पाउने छन्।

अधिवक्ता पासवानको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटन सत्रमा केन्द्रीय अधिवेशन प्रतिनिधि सन्जु कुमारी बैठाको विशेष उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: