Loktantra Khabar National Weekly
Ad

नकली नोट बनाउने कारखाना सहित ठुलो गिरोह सर्लाहीबाट पक्राउ

लोकतन्त्र खबर
१७ भाद्र २०८१

लोकतन्त्र समाचारदाता–
सर्लाही १७ भाद्र । सर्लाहीबाट नकली नोट बनाउने कारखाना सहित ठुलो गिरोह पक्राउ परेको छ ।
गोडैता नगरपालिकाको वार्ड नं. १२ मधुवनीको कृषि कर्मको लागि बनाईएको सिंचाई घरमा नकली नोट बनाउने कारखाना रहेको बिशेष सूचनाको आधारमा प्रहरीले छापा मार्दा १ हजार दरका नोट छाप्ने पेपर, केमिकल, ९५ हजार नेपाली रुपैया बरामद भएको छ ।

 

२ थान कम्प्युटर भारतीय नम्बर पलेटको एउटा मोटरसाईकल र एउटा नेपाली पलेटको महेन्द्राको स्कोरपियो गाडी समेत बरामद भएको प्रहरीले जनाएको छ ।

 

नकली बनाउने सामाग्री सहित ८ जना व्यतिmहरु समेत पक्राउ परेका छन ।

 

पक्राउ पर्नेमा काठमान्डौंको चन्द्रगिरी न.पा. वार्ड नं. १५ का २६ वर्षिय सौगात थापा, ४७ वर्षिय सौगात थापा, सर्लाहीको गोडैता नं.पा. बस्ने जर्नाधन सिंह,भारतको बरगिनिया बस्ने ग्राम बस्ने पप्पु भनने राजिव ठाकुर, मेजरगंजका सुबोध कुमार र रौतहटका बिशाल राई, काठमान्डौंका अमित खत्री समेत गरि पक्राउ परेको सर्लाहीका क्ए रबिन्द्र बहादुर सिंहले लोकतन्त्रलाई जनाएको छ ।

 

पक्राउ परेका सबै जना सातिर गिरोहका सदस्यहरुको रहेको प्रहरीको भनाई छ । यस सम्बन्धमा गहन अनुसंन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: