बखतियार अलि–
सर्लाही २२ भाद्र । २१ औं निजामती कर्मचारी दिवस २०८१ सर्लाहीमा बिभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ । कर्मचारी दिवसको अवसर पारेर उत्कृष्ट कर्मचारी १ जना र अवकास प्राप्त गरेका २ जना कर्मचारीलाई फुलमाला अबिर लगाएर सम्मानित गरिएको छ ।
राम्रो काम गरे वापत सम्मानित हुनेमा भेटेरीनरी असपताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवाका कर्मचारी श्याम सुनदर राय रहेको छ ।
त्यस्तै अवकास प्राप्त कर्मचारीमा कृषि ज्ञान केन्द्र मलंगवाका कर्मचारीद्धय गणेश प्रसाद सिंहले ३० वर्ष तथा सहचालक सत्यनारायण यादवले ३८ वर्ष निजामती कर्मचारी सेवामा राम्रो काम गरेर अवकास लिएको भन्दै निजहरुलाई कृषि ज्ञान केन्द्र मलंगवाका कृषि प्रसार अधिकृत देवानन्द राय यादव र भेटेरीनरी असपताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीका प्रमुख उपेन्द्र कुमार सिंहले सम्मानित हुने कर्मचारीहरुको प्रशंसा गर्दै कदर– पत्र सहित सम्मान गर्नु भएको हो ।
व्यवसायिक र सृजनशिल प्रशासक, विकास र सुशा
सन भन्ने मुल नारा सहित निजामती कर्मचारी दिवस २०८१ कृषि ज्ञान केन्द्र मलंगवा तथा भेटेरीनरी असपताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीको संयुतm आयोजनामा मनाएका थिए । सो अवसरमा कृषि प्रसार अधिकृत देवानन्द राय यादवले सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले व्यतm गर्नु भएको शुभकामन संदेशलाई सम्मान कार्यक्रममा वाचन गरेर सुनाउनु भएको थियो ।
प्रजिअ अधिकारीले उत्कृष्ट कर्मचारी तथा अवकास प्राप्त हुने कर्मचारीहरुलाई उन्नती प्रगतीको कामना सहित बधाइ तथा आगामी दिनको शुभकामना व्यतm गरेका थिए । निजामती कर्मचारी दिवस कृषि प्रसार अधिकृत यादवको अध्यक्षता तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सिंहको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमामा स्वागत मन्तव्य प्राविधिक सहायक नरेन्द्र प्रसाद पटेलले गर्नु भएको थियो भने कार्यक्रमको संचालन कार्यालयका कार्यक्रम अधिकृत सीताराम यादवले गर्नु भएका थिए ।