Loktantra Khabar National Weekly
Ad

पढाइ नभएको भन्दै केश्वर जनता माविका बिधार्थीहरु आन्दोलित

लोकतन्त्र खबर
२५ भाद्र २०८१

बखतियार अलि–
सर्लाही २५ भाद्र । बिधालयमा पठनपाठन नभएपछि बिधार्थीहरु आन्दोलित भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिकामा रहेको जिल्लाकै पुराना बिधालय श्री केश्वर गरिब जनता माध्यमिक बिधालयमा विषयगत शिक्षकको आभावका कारण पठनपाठन नभएपछि त्यहाका बिधार्थीहरु आन्दोलन गर्न थालेको छ ।

 

११ कक्षामा अध्यणरत दर्जनौ बिधार्थीहरुको एक समुहले प्रधानाध्यापक संजय कुमार यादव बिरुद्ध चर्को नारावाजी गर्दै हरिपुर्वा नगरपालिकाका मेयर विनोद कुमार साहको कार्यकक्षमा पुगेर बिधार्थीहरुले बिधालयमा पठनपाठन शुचारु गरिदिन हुन अनुरोध गरेका थिए ।

 

बिधालयमा अध्यणरत बिधार्थी अनिल कुमार शर्माले भने विज्ञान बिषयको शिक्षक नभएपछि कयौ महिना देखि पढाई भएको छैन । ९ कक्षामा हामिहरु संग २५ सयको दरले शुल्क लिने काम भएको छ । जब सरकारले निशुल्क शिक्षा गरेको छ, भने हामि संग अतरितm शुल्क उठाउने काम भयो ।

 

बिधालयले लिएको पैसा हामिलाई फर्काउनु पर्यो भनेर बिधार्थी शर्माले माग गरेको छ । अर्का बिधार्थी नितेश कुमार साहले भने यस बिधालयमा सिभिल पढाई भएको ६ वर्ष भयो । बिधालयमा केमिस्ट्री फिजिक्सको ल्याब छैन । प्राविधिक शिक्षामा अध्यणरत हजारौ बिधार्थीहरु पढने यस बिधालयमा जम्मा १२ वटा मात्र कम्प्युर रहेकोले पठाईमा कठिनाई भईरहेको बिधार्थी साहको गुनासो छ ।

 

९ कक्षा देखि १२ कक्षा सम्म पैसा लाग्दैन भनेपनि हामिहरु संग ६ हजारको दरले शुल्क उठाउने काम भएको छ । नामको मात्र प्राविधिक शिक्षा यस बिधालयमा पढाई भइरहेको छ । पढाउने शिक्षक छैन । लैब छैन । कम्प्युटर कलास हुदैन हामिहरुलाई केहि पनि थाह छैन । परिक्षा नजिकिदै गएकोले हामिहरु केहि पढेकै छैन भने कसरी पास हुने चिन्ता सताएको बिधार्थीहरुको गुनासो छ ।

 

प्र.अ. संग गुनासो गर्दा व्यवस्थापक समिति गठन नभएका कारण समस्या भईरहेको बताउछन । यस्तै चलि रहियो भने यस बिधालयमा अध्यणरत सबै बिधार्थीहरुको भविष्य अंन्धकारमा जाने बिधार्थीहरुको भनाई छ ।

 

हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद कुमार साहले बिधार्थीहरुको गुनासो सुनेर सोही बेला प्रधानाध्यापक संजय कुमार यादवलाई आफनो कार्यकक्षमा बोलाएर बिधार्थीहरुको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभयो ।

 

बिधार्थीहरुको समस्या तत्काल समाधान हुने प्रमुख साहले आस्वासन दिएपछि बिधार्थीहरुले तत्कालका लागि आन्दोलन स्थगन गरेको बताए । बिधार्थीको समस्या समाधान नभएको खण्डमा हामिहरु बिधालयमा तालाबन्दी गरेर आन्दोलन गर्न बाध्य हुने बताएका थिए । यस सम्बन्धमा प्रधानाध्यापक यादवले भने बिधालयमा कुनै समस्या छैन ।

 

शिक्षक आभावका कारण पठनपाठनमा केहि समस्या भएको छ । हामि बिषयगत शिक्षकको विज्ञापन गरेका छौ । यो समस्या पनि छिटै समाधान हुने उनले बताए । यधपी प्रधानाध्यापक यादवको कुरालाई काटेर बिधार्थीहरुले बिधालयमा धेरै समस्याहरु रहेको बताएका थिए । पढाई गर्ने किताब छैन ।

 

प्राविधिक शिक्षाका लागि ल्याब छैन । कम्प्युटर कक्षा पनि संचालनमा नभएको र निशुल्क शिक्षा भएपनि शुल्क उठाउने कामहरु भएको जस्ता आरोपहरु बिधार्थीहरुले लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्: