मनोज यादव— सर्लाही,भदौ ३१
मान्छे बोक्सी हुँदैन राष्ट्रिय जागरण प्रतिष्ठान तथा नेपाल भारत भातृ मञ्च सर्लाही नेपाल द्वारा नेपाल भारत सिमावर्ती क्षेत्रमा संयुक्त कार्यक्रम संचालनका लागि तयार पारिएको सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।
आइतवार मलंगवा स्थित महेन्द्र होटलमा नेपाल भारत भातृ मञ्चका संस्थापक अध्यक्ष डा.नवल किशोर सिंहको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
उक्त सम्झौता पत्रमा मञ्चको तर्फबाट संस्थापक अध्यक्ष डा.सिह तथा प्रतिष्ठानको तर्फबाट कोविद शरण उपाध्यायले हस्ताक्षर गरेका हुन।
सम्झौता पत्रमा उल्लेख भए अनुसार सिमावर्ती क्षेत्रमा दुवै देशका जनताहरुको बिचमा तथा संघसंस्था प्रतिष्ठित ब्यक्तित्वहरुको सहभागीतामा कार्यक्रमहरु संचालन गरिने,सिमाक्षेत्रमा रहेका सामाजिक कुप्रथा, कुरिती तथा अन्य समस्याहरुलाई न्युनिकरण गरिने,कार्यक्रम स्थलमा सिमाको दुवैतर्फ बस्ने दुबै देश बिच दृढ सम्बन्ध स्थापित गर्न ,सिमाक्षेत्रमा अपराधीक गतिविधि रोक्न र असल मानिससँग कुनै कुसिमको दुर्ववहार गर्न नदिन दृढतापुर्वक प्रयास गरिने छ।
यस्तै दुवै देशको साझा समस्याको रुपमा रहेको बोक्सी,दाइजो ,बालविवाह जस्ता कुप्रथा तथा मानव बेचबिखन ,लागुपदार्थ दुर्व्यसन जस्ता समस्या र अन्य सामाजिक विषयमा विभिन्न वृत्तचित्र(डकुमेन्ट्री) र चलचित्र समेत निर्माण गरि सामाजिक जागरण गरिने,पुस्तौंदेखिको घनिष्ट मित्रता ,रक्त सम्बन्ध रहँदै आएको नेपाल र भारत दुवै देशमा शिक्षा र चेतनाको कमिले गर्दा बोक्सी कुप्रथा पनि समान समस्या भएकाले दुवै संस्था मिलेर शिक्षा र चेतनाको माध्यमबाट त्यसको अन्त्य गर्न र दुवेे देश बिच भातृत्व सम्बन्ध स्थापित गर्न दृढ संकल्पित रहने लगायतका बुँदाहरु हस्ताक्षरित सम्झौता पत्रमा उल्लेख गरिएको छ।
नेपाल भारत भातृ मञ्च सर्लाही नेपालका उग्रकान्त झाले संचालन गरेको कार्यक्रममा भुवनेश्वर शर्मा पौडेल ,शिवजी लामिछाने ,शिवचन्द्र चौधरी ,सशस्त्र प्रहरी नायव उपरीक्षक उज्वल लामिछाने ,जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी निरिक्षक सरिता मचामसी,जिल्ला प्रशासन कार्यक्रम सर्लाहीका नायव सुब्बा राज किशोर महतो,खानेपानी कार्यालयका लालबाबु यादव,समाजसेवी रजनीकान्त झा तथा पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।