Loktantra Khabar National Weekly
Ad

संविधान दिवसको अवसरमा मलंगवामा सरसफाई

लोकतन्त्र खबर
२ आश्विन २०८१

बखतियार अलि–
सर्लाही ०२ असोज । संविधान दिवस २०८१ को अवसरमा सदरमुकाम मलंगवामा सरसफाई गरिएको छ । संविधान दिवस आयोजक मुल समारोह समिति सर्लाहीले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

 

सोही अनुसार असोज २ गते बुधवारका दिन मलंगवा नगरपालिका क्षेत्र भित्र वृहत सरसफाई गरिएको हो । मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादवको नेतृत्वमा नगरपालिका परिसर भित्रबाट शुरु गरिएको सरसफाई कार्यक्रम मलंगवा बजारको मुख्य चोक हुदै बजार परिसरमा आएर समापन गरिएको नगरपालिका मलंगवाले जनाएको छ ।

 

सरसफाई कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंह, नगरप्रमुख नागेन्द्र प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, नागरिक समाजका शिवचन्द्र चौधरी, महिला नेतृ बन्दना झा, सुरक्षाकर्मी, लगायत स्थानीयवासीहरुको कार्यक्रमा सहभागिता रहेको थियो ।

 

भोली असोज ३ गते बिहान ७ बजेको समयमा जिल्ला प्रशासन कार्यालय सर्लाहीको प्रांगणबाट प्रभात फेरि निकाल्ने कार्यक्रम रहेको संविधान दिवस मुल समारोह समिति सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: