Loktantra Khabar National Weekly
Ad

सर्लाहीको निर्वाचन क्षेत्र न-२ मा काँग्रेसको एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

लोकतन्त्र खबर
२ आश्विन २०८१

लोकतन्त्र समाचारदाता— सर्लाही,असोज २

नेपाली काँग्रेस सर्लाहीले जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा एकदिने निःशुल्क स्वास्थ्य परिक्षण सुरु गरेको छ ।

सोही क्रममा क्षेत्र नम्बर २ अन्तर्गतको कौडेना गाउँपालिकामा पनि बुधबार एकदिने नि:शुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरिएको छ ।

नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र न-२,सर्लाहीको आयोजना र काठमाडौ मेडिकल कलेज काठमाडौ,नोबेल मेडिकल कलेज टिचिंग हस्पिटल बिराटनगर मोरंग एवं प्रतिनिधि सभा सदस्य सुनिल कुमार शर्मा सँगको सहकार्य तथा समन्वयमा कौडेना-२ फुलपरासी स्थित सामुदायिक अस्पतालमा सो शिविर संचालन गरिएको हो।

सो शिविरको उद्घाटन नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्णा यादवले गरेका थिए ।

उनले पैसाको अभावमा उपचार गराउन नपाएर अकालमा ज्यान गुमाउँदै आएका मधेसका जनताहरुले सहज र सुलभ तरिकाले नि:शुल्क उपचार सेवा पाउन सकुन् भन्ने उदेश्यले यो शिविरको आयोजना गरेको बताए ।

यस शिविरमा कुनै किसिमको पार्टीगत भेदभाव नराखी शिविरमा आएका सो क्षेत्रका सम्पूर्ण जनताहरुलाई समान रुपमा स्वास्थ्य परिक्षण गरिने उनले बताए ।

शिविरमा मुटु,फोक्सो,टाउको तथा नशा,मिर्गौला ,प्रसूति तथा स्त्री ,हाडजोर्नी तथा नशा,नाक,कान,घाँटी,छाला,दाँत,आँखा सम्बन्धि रोगहरुको जाँच गर्नुका साथै ईसिजि,ईको,अल्ट्रासाउन्ड र प्रयोगशाला परिक्षण समेत नि:शुल्क गरिएको थियो।

शिविरमा परिक्षण गराएकाहरु मध्येबाट अपरेशन गर्नुपर्ने बिरामीहरुको काठमाडौं स्थित केएमसी हस्पिटलमा नि:शुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ।

उद्घाटन कार्यक्रममा मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय,संघीय सांसद सुनिल कुमार शर्मा,नेपाली कांग्रेस सर्लाहीका पुर्व सभापति लक्षमण राय,प्रदेश सभा सदस्य ईन्दु कुमारी साह,कौडेना गाउँपालिका प्रमुख रुपेश कुमार ,उपप्रमुख नगीना देवी,रौतहट जिल्ला अन्तर्गत विभिन्न पालिकाका प्रमुख लगायतको उपस्थिति रहेको थियो।

यसै उद्घाटन कार्यक्रमबाट कौडेनाका प्रमुख रुपेश कुमारले शल्यक्रिया गराउन काठमाडौ जाने बिरामीलाई जाँदा र आउँदा लाग्ने गाडी भाडा पालिकाको तर्फबाट उपलब्ध गराइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: