Loktantra Khabar National Weekly
Ad

संविधान दिवस सर्लाहीमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदै

लोकतन्त्र खबर
३ आश्विन २०८१

बखतियार अलि–
सर्लाही ३ असोज । संविधान दिवस बिहिवार विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ सर्लाहीमा पनि मनाइँदैछ । ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान पुर्ण रुपमा कार्यान्वयन तथा संस्थागत गर्न राष्ट्रिय दिवस आज मनाउदै हो ।

 

नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलन मधेश आन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्रथम राष्ट्रपती डा. रामवरण यादव संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संयुतm रुपमा जारी गर्नु भएको थियो ।

 

सोही दिन संबिधान दिवसको रुपमा हर्सोउल्लासका साथ मनाईदै छ । संविधान दिवस २०८१ को अवसरमा पहिलो दिन सदरमुकाम मलंगवामा सरसफाई गरिएको थियो । संविधान दिवस आयोजक मुल समारोह समिति सर्लाहीले असोज २, ३ र ४ गते विभिन्न कार्यक्रमको आयोजना गरि संविधान दिवस भव्य रुपमा मनाउने निर्णय गरे अनुसार आज बिहिवार मुलसमारोह समिति सर्लाहीका अध्यक्ष जिल्ला समन्वय समिति प्रमुख कौशल सिंहको प्रमुख आतिथ्यतामा बिहान जिल्ला प्रशासन कार्यालय मलंगवाबाट तुलब्यानर सहित प्रभात फेरि निकालिएको थियो ।

 

प्रभात फेरि नगर परिक्रमा पश्चात पुन जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई कोणसभामा परिणत भएको थियो । प्रभात फेरिमा कर्मचारी, नागरिक समाज, उधोगी, व्यापारी, मजदुर किसान, शिक्षक, बिधार्थी लगायत सुरक्षाकर्मीहरुको उल्लेखनीय रुपमा उपस्थिती रहेको थियो । जिसस प्रमुख सिंहले राष्ट्रिय ध्वज नेपालको राष्ट्रिय झण्डा तोलन गरे पश्चात प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले स्वागत मन्तव्य राख्दै भने २०७२ को संविधान जारी भएपछि देश संघियतामा गएको छ ।

 

अहिले गाउगाउमा सिंहदरबारको रुपमा स्थानीय तहहरु संचालनमा छन । आमनागरिक अधिकार सम्पन्न भएको छ । संबिधानको बिषेशता अनुसार अहिले हरेक तहमा समावेशी सहभागिता देखिएको छ । यो संविधानलाई संस्थागत गर्न हामि सबैले योगदान दिनु पर्ने प्रजिअ अधिकारीले आफनो स्वागत मन्तव्यमा बताए ।

 

त्यस्तै मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादवले पनि स्वागत मन्तव्य व्यतm गर्दै सम्पुर्ण नगरवासीहरुमा दिवसको बधाई दिनुभयो । नगरप्रमुख यादवले अहिलेको सुरक्षा व्यवस्था चुस्तदुरुस्त रहेको छ ।

 

मलंगवाका जनताले सुरक्षाको अनुभुति गरि रहेकोले प्रजिअ अधिकारीलाई धन्यवाद नगरप्रमुख यादवले धन्यवाद समेत व्यतm गर्नुभयो । कार्यक्रमको प्रमुख अतिथि जिसस प्रमुख सिंहले दिवसको शुभकामना र बधाई व्यतm गर्दै उनले भने जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जनतालाई सेवा प्रवाह गर्ने सम्पुर्ण सरकारी कार्यालयहरुले उदारभएर काम गर्न सुझाउदै कृषकले पाउने मल, खाद बिउबिजन सजिलै प्राप्त गर्न सकोस बताउनु भयो ।

 

सरकारी सेवा प्रवाह जनउतरदायी बनेपछि आमजनताको बिश्वास यो संविधान प्रति बढदै जाने जिसस प्रमुख सिंहको भनाई थियो । संविधान दिवसकै अवसरमा बिहिवार राष्ट्रिय रोजगार प्रवद्धन केन्द्र मलंगवाले रतmदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

 

रतmदान कार्यक्रमको ब्यानर पढेर मलंगवा नगरपालिकाका नगरप्रमुख यादवले उदघाटन गर्नुभएको थियो । शुक्रबार संविधान दिवसको अवसरमा वृक्षारोपन कार्यक्रम पनि रहेको सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले बताउनु । संविधान जारी भएको दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्: