Loktantra Khabar National Weekly
Ad

प्रादेशिक असपताल मलंगवामा अतिआधुनिक ब्लड बैक संचालन

लोकतन्त्र खबर
३ आश्विन २०८१

बखतियार अलि–
सर्लाही ०३ असोज । प्रादेशिक असपताल मलंगवामा राष्ट्रिय संविधान दिवसको अवसर पारेर ब्लड बैक संचालनमा आएको छ । मधेश प्रदेश सरकारको सहयोगमा अतिआधुनिक सुविधा सम्पन्न ब्लड बैक संचालनमा आएको असपताल प्रमुख मे.सु. डा नवलकिशार झाले बताउनु भयो ।

 

ब्लड बैक संचालनमा आएपछि अब सर्लाहीका कुनै पनि व्यतmीहरुलाई रगत सम्बन्धी समस्याका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको मे.सु. झाले बताए ।

 

यस ब्लड बैकबाट अब एउटा रगतबाट ३ वटा अलग अलग रगत छुटयाउने सेवा प्रदान गरिनेछ । त्यस्तै रगतको किसिम छुटियाउने, रतmअल्पता भएको बिरामीलाई पीआरबिसी उपलब्ध गराउने, प्लेटलेट कम भएको बिरामीलाई प्लेटलेट उपलब्ध गराउने छ ।

 

ब्लड बैकले सेतो रगत (प्लाज्मा) पनि बिरामीलाई यहिबाट छुटयाएर सेवा प्रदान गरिने छ । रगत सम्बन्धी सम्पुर्ण समस्याको निदान अब प्रादेशिक असपताल मलंगवामा रहेको ब्लोड बैकबाट हुने ल्याब टेक्नििसियन कविता राउतले बताईन ।

 

यो सेवा संगै प्रादेशिक असपताल मलंगवाबाट फिजियो थेरेपी सेवा पनि प्रदान गरि रहेको असपताल प्रशासनले बताएको छ । फिजियो थेरेपी सेवा लिन दिनहु २० देखि २५ जना बिरामी आउने गरेको असपतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: