Loktantra Khabar National Weekly
Ad

सर्लाही धनकौल गाँउपालिकाको वार्षिक समिक्षा गोष्ठी शुरु

लोकतन्त्र खबर
४ आश्विन २०८१

राधेश्याम कुश्वाहा–
सर्लाही ०४ असोज । सर्लाहीको धनकौल गाउँपालिकाको आर्थिक बर्ष २०८०-०८१ मा सम्पादित स्वास्थ कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठी सुरु भएको छ ।

 

धनकौल गाउँपालिकाको स्वास्थ शाखाको आयोजनामा सुरु भएको स्वास्थ समीक्षा गोष्ठीलाई पालिका अध्यक्ष रामअश्रय साहले पानसमा बत्ती पालेर उदघाटन गरेका हुन ।

 

वार्षिक स्वास्थ समीक्षा कार्यक्रम स्वास्थका तथ्यांक प्रस्तुतिकरण मात्र नरहेको जिल्ला प्रतिनिधि तथा तथ्यांक अधिकृत लालबाबु रायले बताए ।

 

यो कार्यक्रममा स्वास्थका तथ्यांक प्रस्तुत गरिनुका साथै स्वास्थ क्षेत्रमा देखा परेका समस्या तथा चुनौतीहरुमा माथी छलफल र तिनका छिनोफानो समेत गरिन्छ, तथ्यांक अधिकृत रायले भने ।

 

जनप्रतिनिधिहरुले जनताको प्रत्यक्ष सम्पर्कमा रहेका कारण हामीले दिएको स्वास्थ सेवा गुणस्तर र प्रभावकारी कति छन भने त्यसको सुझाव लिदै व्यवस्थित तथा गुणस्तरीय सेवा दिन सकिन्छ ।

 

यो स्वास्थ समीक्षा कार्यक्रम एउटा सिकाई रहेको बताउदै अनुभवको सट्टा साट रहेको समेत जिकिर गरे । स्वास्थ क्षेत्रमा भएका सिमित स्रोत साधनको वावजुद पनि धनकौल गाउँपालिकाले गत आर्थिक बर्षको भन्दा चालू आर्थिक बर्षमा ९ अङ्क बढी ल्याएको स्वास्थ शाखा प्रमुख अरुण महतोले जानकारी दिए ।

 

यो उपलब्धी हासिल गर्नमा अहोरात्र खटिने गाउँपालिकाका सम्पुर्ण स्वास्थकर्मीलाई धन्यवाद दिन चाहेको बताउदै अगामी दिनहरुमा पनि सिमित स्रोतमा उल्लेखनीय कार्य गर्न कुनै कसर बाँकी न राख्ने प्रतिबद्धता समेत स्वास्थ शाखा प्रमुख महतोले गरे । उदघाटन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष रामअश्रय साहले स्थानीय तहले आम नागरिकको स्वास्थ सेवाको क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिने बताए ।

 

सिमित स्रोत साधनको वावजुद पनि हाम्रा कर्मचारीले स्वास्थ क्षेत्रमा प्रंशसनिय काम गरेको र स्वास्थ क्षेत्रका सुचकहरुको सुधारका लागि प्रत्यनशिल रहेको बताए ।

 

धनकौलको स्वास्थ क्षेत्रलाई जिल्लामै नमुना बनाउने स्थानिय तहको उदेश्यले रहेको बताउदै गाउँपालिका स्वास्थ क्षेत्र सुधारका लागि स्वास्थ शाखालाई आवश्यक जनशक्ति र बजेट विनियोजन गर्न आफु तयार रहेको जिकिर समेत उहाँले गरे ।

 

स्वागत मन्तव्य गाउँपालिका अध्यक्ष रामअश्रय साहको स्वकिय सचिव विरेन्द्र कुशवाहाले राखेका थिए, भने उदघाटन सत्रलाई स्वास्थ शाखा प्रमुख अरुण कुमार महतोले संचालन गरेका थिए ।

 

कार्यक्रममा विशीष्ट अतिथी गाउँपालिका उपाध्यक्ष अकली सहनी, निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण मोहन साह, स्वास्थ शाखाका सह-संयोजक रामायणी प्रसाद साह, वन हर्टका अमरेन्द्र राय यादव र UNFPA का बच्चालाल महतो, सबै वार्डका स्वास्थ चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुखहरू लगायत जनप्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: