बखतियार अलि–
सर्लाही ०७ असोज । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्धनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले मलंगवा नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारी संग अन्तरक्रिया गरेको छ । अख्तियारमा सबै भन्दा बढि स्थानीय तहको उजुरी आउने गरेको आयोगका शाखा अधिकृत विकास कुमार मिश्रले बताए । मिश्रका अनुसार सर्लाहीका २० वटा स्थानीय तहहरुका २ सय ६५ वटा उजुरी अख्तियारमा परेको छ ।
जस मध्ये ४४ वटा उजुरी फर्छौट भएको छ। भने २ सय १८ वटा उजुरीहरु अझ फर्छौट हुन बाकी रहेको उनले भने । मलंगवा नगरपालिकाको पनि १३ वटा उजुरीहरु अख्तियारमा परेको छ । १३ वटै उजुरीहरु अझ पनि फर्छौट हुन बाकी रहेको शाखा अधिकृत मिश्रले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा स्थानीय तहको सबै भन्दा बढि उजुरी रकम हिनामिना, सरकारी सवारी साधन भाडामा लगाउने तर आम्दानी नदेखाउने, सरकारी सवारी साधनको दुरुपयोग भएको, एउटै योजनामा पटक–पटक भुक्तानी लिनेदिने गरेको, आम नागरिकलाई सूचनाको हकबाट बंचित गरेपछि उजुरी आउने गरेको अधिकृत मिश्रको भनाई थियो । त्यस्तै स्थानीय तहमा काखापाखा गर्ने प्रवृती हाबि भएको देखिन्छ । दक्ष जनशतिmलाई अवसरबाट बंचित गरेपछि पनि उजुरी आउछ, मिश्रले भने ।
अनुसन्धान कार्यमा पालिकाले सहयोग नगर्ने, कानुन पालना र प्रणालीमा सुधारको खाचो रहेको उनले बताए । सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज बनाउनुको साटो झंन्झटिलो बनाएको कारण पनि उजुरी आउने गरेको छ । अख्तियारमा उजुरी पर्ने बितिकै सेवा प्रवाहलाई बाधित बनाउनु पनि अखितयार दुरुपयोग हो, यो कुरा सबै राष्ट्रभतm कर्मचारीले बुझनु पर्ने अधिकृत मिश्रले बताए ।
कार्यक्रममा मलंगवा नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुले अ–आफनो मनमा लागेका कुराहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका उपसचिव देव कुमार राई संग राखेका थिए । जस्को जवाफमा उपसचिव राईले भने अख्तियारमा उजुरी पर्ने बितिकै आतिनु पर्दैन, काम र सेवा प्रवाहलाई बाधित पारेर कर्मचारीले समस्यालाई झनै जटिल बनाउनु हुदैन ।
अख्यिार दुरुपयोग अनुसन्धानले उजुरी लिने हो, त्यो उजुरी झुठो पनि हुन सक्छ, साचो पनि हुन सक्छ । उजुरीको प्रकारबाट मात्र कार्वाही अगाडी बढाईन्छ । उजुरी परेपछि पनि बिश्वासनीय आधार फेला परेन भने कार्वाही प्रकृया अगाडी बढदैन । उजुरीको पछाडी परेर टेन्सन लिनु भन्दा हामिले आफनो कार्यालयमा सार्वजनिक खरिद नियमावली अनुसार कानुन सम्वत काम कार्वाही कसरी गर्न सकिन्छ ।
यो कुरालाई हामि सबैले बिशेष ध्यान दिनुपर्ने उपसचिव राईले बताए । अख्तियार दुरुपयोग अनुसंन्धानको यस कार्यक्रमबाट पालिकामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधीहरुलाई आवश्यक जानकरी पुगेको र मनोबल बढेको प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बताए । वहाले थप्दै भने यस अन्तरक्रिया कार्यक्रमबाट हामि सबैले सुशासन कायम र कानुन सम्वत सेवा प्रवाह गर्न मदत पुगने अधिकृत सुवेदीले बताउनु भयो ।
त्यसै गरि कार्यक्रमको प्रमुख अतिथि मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र प्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले मलंगवा नगरपालिकामा अन्तरक्रिया कार्यक्रम गरिदिनु भएकोमा धन्यवाद न्यतm गर्नुभयो ।
यस्ता अनुशिक्षण र जागरुक कार्यक्रम पटक–पटक हुनुपर्ने नगरप्रमुख यादवले माग गर्नुभयो । वहाले थप्दै भने आफुले पाच पैसाको पनि भ्रष्टाचार गरेको छैन । यस पािलकामा कार्यरत कुनै पनि कर्मचारी वा जनप्रतिनिधीहरुले समेत कुनै पनि प्रकारको अनियमितता गरेको छैन । तरपनि केहि व्यतिmहरुले दुख दिने मानसिकताले ग्रसित भएर अख्तियारमा उजुरी गर्ने गरेको उनले गुनासो समेत गर्नुभयो ।
राम्रो काम गरेपछि विपछीहरुले ठाउ–ठाउमा समस्या खडा गरेको कुरालाई आफुले चुनौतीको रुपमा स्विकार गर्दै मलंगवाको विकासको गतीलाई अझ द्रुत गतिमा अगाडी बढाउदै लैजाने वहाले प्रतिबद्धता व्यतm गर्नुभयो ।