Loktantra Khabar National Weekly
Ad

अख्तियारमा उजुरी गरेर ब्लाकमेलिंग गरिरहेको छ, अध्यक्ष यादव

लोकतन्त्र खबर
११ आश्विन २०८१

बखतियार अलि–

सर्लाही १० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेर कमिसन माग्न आउने ब्यक्तिहरूको संख्या बढदै गएको रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले बताउनु भएको छ । उनले थप्दै भने केही गलत मानसिकता भएका र बिकास विरोधी व्यक्तिहरूले अख्तियारमा उजुरी गरेर ब्लाकमेलिंग गरिरहेको छ ।

 

उजुरी दिने व्यक्तिहरू ४० लाखको योजना र डिजल पेट्रोलको कुपन माग्ने गरेको उनले भने । त्यसता ब्यक्तिहरू उजुरी गरेर ब्लाकमेलिंग गरि पैसा माग गर्न थालेको उनको भनाई छ । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्धनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले रामनगर गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारी संग गरेको अन्तरक्रिया कार्यक्रममा वहाले प्रमुख अतिथिको रूपमा यो कुरा बताउनु भएको हो ।

 

अख्तियारले यश पालिकामा अन्तरक्रिया गरि दिएकोमा वहाले धन्यवाद भन्दै आभार ब्यक्ति गर्नुभयो । अख्तियारका शाखा अधिकृत बिकास कुमार मिश्रले अन्तरक्रिया कार्यक्रममा बताउनु भयो । सार्बजनिक खरिद तथा निर्माण कार्यमा बढि उजुरी आउने गरेको उनले भने ।

 

गलत ईस्टिमेट बनाई बजेटको दुरुपयोग भएको छ । आवश्यकता भन्दा बढि सामाग्री खरिद गरि थुपार्ने, गुणस्तरहिन सम्बन्धि निर्माण गरि मुल्यांकन गर्ने, अनावश्यक डि.पि.आर. तयार गरि बजेट सकाउने जस्तो बिषयमा उजुरी पर्ने गरेको अधिकृत मिश्रले बताए ।

 

त्यैस्तै टेण्डरबाट गर्ने काम उपभोक्त समितिको माध्यमबाट गरि अनियमितता भएको भन्दै उजुरी परेको, कर्मचारी नियुक्तिमा थिचोमिचो गरेको र सेवा प्रवाहमा ढिला सुस्ती गरेको भन्दै उजुरी पर्ने गरेको उनले बताए ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा स्थानीय तहको सबै भन्दा बढि उजुरी रकम हिनामिना, सरकारी सवारी साधन भाडामा लगाउने तर आम्दानी नदेखाउने, सरकारी सवारी साधनको दुरुपयोग भएको, एउटै योजनामा पटक–पटक भुक्तानी लिनेदिने गरेको, आम नागरिकलाई सूचनाको हकबाट बंचित गरेपछि उजुरी आउने गरेको अधिकृत मिश्रको भनाई थियो ।

 

कार्यक्रममा रामनगर गाउँपालिका वाड नं, ७ का वडाअध्यक्ष गौरीशंकर पंडित तथा वाड नं, ४ का वडाअध्यक्ष विरेन्द्र ठाकुरले भने सबै भन्दा बढि बिकास हाम्रो वडामा भएको हुनाले हामिहरूकै वडा माथि बढि उजुरी परेको छ ।

 

काम गर्ने ब्यक्तिलाई दुख दिने मनसायले उजुरी पर्ने गरेको वडाअध्यक्षद्वयले गुनासो गरे । रामनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र प्रसाद यादवले आफनो मन्तव्यमा भने जिल्ला भरिमा सबै भन्दा बढि उजुरी रामनगर माथि परेको भएपनि सबै भन्दा बढि उजुरी फछ्र्यौट पनि यहिको भएकोमा खुसि व्यक्त गर्नुभयो ।

 

अधिकृत यादवले थप्दै भने यसपालिकामा आएपछि कानुनको पुर्ण पालना हुने वहाले बताउदै कानुन बिपरित कुनैपनि काम आफुले नगर्ने वहाले प्रतीबद्वता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा रामनगर गाउँपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुले अ–आफनो मनमा लागेका कुराहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका उपसचिव देव कुमार राई संग राखेका थिए ।

 

जस्को जवाफमा उपसचिव राईले भने अख्तियारमा उजुरी पर्ने बितिकै आतिनु नपर्ने वहाले बताए । उजुरीको पछाडी परेर टेन्सन लिनु भन्दा हामि सबैले आफनो कार्यालयमा सार्वजनिक खरिद नियमावली अनुसार कानुन सम्वत काम कार्वाही गरे कसैले केहि गर्न सकिदैन ।

 

आफुले पाएको अख्तियारलाई दुरुपयोग गरे जीवनमा कमाएको ईज्जत सकिन्छ र सजाएको भागिदार पनि बन्न सकिने भएकोले आफुले पाएको अधिकारलाई मिचेर कुनैपनि काम नगर्न सबैलाई उपसचिव राईले सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्: