वीरगञ्ज । वडा प्रहरी कार्यालय विर्ताले वीरगञ्ज महानगरपालिका वडा नं. १६ ईनर्वास्थित खेतबाट अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीको टोलीले मिति चोरी निकासी गरी लुकाई छिपाई राखिएको एक हजार ८० लिटर घरेलु तयारी मदिरा बरामद गरी नष्ट गरेको हो ।
विभिन्न बोरामा प्याक गरी ७२ वटा सेतो प्लाष्टिकको पोकामा राखिएको अवस्थामा बरामद गरिएको मदिरा नष्ट गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाइँले जानकारी दिए ।
प्रहरी निरीक्षक चौलागाइँकाअनुसार जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, आन्तरिक राजस्व कार्यालय पर्सा, वीरगञ्ज महानगरपालिका, र वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरूको रोहबरमा सो मदिरा नष्ट गरिएको हो ।
चौलागाईंका अनुसार, “यो कारवाहीले अवैध मदिरा उत्पादन र वितरण नियन्त्रण गर्न मद्दत पु¥याएको छ । हामी यस किसिमका गैरकानुनी क्रियाकलापलाई निरन्तर रोकथाम गर्ने अभियानमा छौं ।”
प्रहरीले अवैध मदिरा उत्पादन र तस्करी विरुद्ध निरन्तर कारवाही गर्दै आइरहेको छ । यस किसिमका कारवाहीहरूले समाजमा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेलिरहेको छ । यात्रा डेली