Loktantra Khabar National Weekly
Ad

सर्लाहीका ७ ठाउमा यात्रु सहायता कक्ष स्थापना

लोकतन्त्र खबर
१७ आश्विन २०८१

बखतियार अलि–
सर्लाही १७ असोज । जिल्ला प्रहरी कार्यालय सर्लाही तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले बिहिवार देखि जिल्लाको ७ ठाउमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । सर्लाहीको सदरमुकाम मलंगवा, लालबन्दी, केशरगन्ज, फुलजोर, नवलपुर, कर्मैया र बरहथवा गरि जम्मा ७ ठाउमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी उपरिक्षक रबिन्द्र बहादुर सिंहले लोकतन्त्रलाई बताउनु भयो ।

 

सदरमुकाम मलंगवा वार्ड नं. ९ स्थित पुरानो बस पार्कमा बिहिवार एक कार्यक्रमको आयोजना गरि यात्रु सहायता कक्षको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले उदघाटन गर्नुभयो ।

 

यात्रु सहायता कक्षको उदघाटन गर्दै प्रजिअ अधिकारीले भने अहिले देशमा दैविक प्रकोप बाढी पहिरोले गर्दा आम नागरिक दुख भोगि रहेको छ । अहिलेको अवस्थामा घरबार बिहिन भएका नागरिकको सहायतामा जुटन सबैलाई वहाले अपिल समेत गर्नुभयो । चाडपर्वको मौकाछोपी यातायात व्यवसाईहरुले नाफा कमाउने लोभमा यात्रुहरुबाट डबल किराया उठाएको देखिएको छ ।

 

क्षमता भन्दा बढि यात्रु बोकेर सवारी साधन चलाउदा दुर्घटनाको जोखिम हुने भएकोले यस्ता कामहरु नगर्न प्रजिअ अधिकारीले यातायात व्यवसायीहरुलाई सुझाव दिनुभयो । आम नागरिकको सुरक्षा, सुविधालाई मध्ये नजर गर्दै यो यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।

 

यात्रु सहायता कक्षमा आम नागरिकलाई कुनैपनि प्रकारको दुख र असुविधा दिएको वा भएको बारे गुनासो वा उजुरी आएमा त्यस्ता व्यतिm वा सवारी साधनलाई ठाउको ठाउ कारवाही हुने वहाले चेतावनी दिनुभयो ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका कोषाध्यक्ष बिश्वनाथ ठाकुरले भने यात्रु सहायता कक्ष स्थापना हुनु नागरिकको हकमा राम्रो भएको बताउदै जिल्ला प्रहरी कार्यालय सर्लाहीको वहाले प्रशंसा समेत गर्नु हुदै नागरिक सुरक्षाको सवालमा संचारकर्मीहरु प्रहरीलाई हरपल सहयोग गर्न तत्पर रहेको वहाले जिकिर गर्नुभयो ।

 

कार्यक्रममा प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठ, मलंगवा यातायात प्रा.लि.का अध्यक्ष दिपलाल महतो लगायत यातायात व्यवसायीहरुको यात्रु सहायता कक्ष स्थापना कार्यक्रममा बाकलो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: