Loktantra Khabar National Weekly
Ad

एकीकृत समाजवादीको मधेस प्रदेश अधिवेशन पुसमा

लोकतन्त्र खबर
२१ आश्विन २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले मधेस प्रदेश कमिटीको अधिवेशन आगामी पुस ६ र ७ गते गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको सो पार्टीको मधेस प्रदेश कमिटीको पदाधिकारीसहितको विस्तारित बैठकले आगामी पुस ६ र ७ गते मधेस प्रदेश अधिवेशन गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष रामचन्द्र यादवले जानकारी दिए ।

सोमबार बसेको सो पार्टीको मधेस प्रदेश कमिटीको पदाधिकारीसहितको विस्तारित बैठकले आगामी पुस ६ र ७ गते मधेस प्रदेश अधिवेशन गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष रामचन्द्र यादवले जानकारी दिए ।

यस्तै कोशी प्रदेशको अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने तय भएको छ ।

बाँकी पाँच प्रदेश बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको अधिवेशनपनि क्रमशः तोकिने उपमहासचिव तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए । रातोपाटी

प्रतिक्रिया दिनुहोस्: