Loktantra Khabar National Weekly
Ad

अर्थमन्त्री र कृषि मन्त्रीलाई भेटेर विनोद चौधरीले भने- उखुको समर्थन मूल्य तोक्नुपर्‍यो

लोकतन्त्र खबर
२२ आश्विन २०८१

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले अर्थमन्त्री विष्णु पौडेल र कृषि मन्त्री रामनाथ अधिकारीलाई भेटेर समर्थन मूल्य तोक्न माग गरेका छन्।

समयमै उखुको समर्थन मूल्य नतोक्दा किसान निराश बनेको भन्दै उनले अर्थमन्त्री र कृषि मन्त्रीलाई भेटेर उखुको मूल्य तोक्न माग गरेका हुन्।

‘उखुको समर्थन मूल्य सरकारले छिटो तोक्नुपर्‍यो, किसान निराश छन्,’ चौधरीले भने, ‘विगतको भन्दा उखुको मूल्य पनि वृद्धि गर्नुपर्छ।’

चौधरी नवलपरासी १ बाट निर्वाचित भएका थिए। त्यस क्षेत्रमा किसानहरूले उखु खेती गर्ने गरेका छन्। किसानका समस्या समाधान गर्न आफूले सरकारसँग पहल गरेको उनको भनाइ छ।

गत वर्ष सरकारले तोकेको अनुदानबापतको रकम किसानले अहिलेसम्म पनि नपाएको गुनासो आएको पनि चौधरीले मन्त्री पौडेल र अधिकारीलाई सुनाएका थिए। केही चिनी मिलले किसानहरूलाई अझै पनि भुक्तानी नदिएको उनको भनाइ थियो।

उनले उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ७३५ रुपैयाँ र ढुवानी बापतको नेपाल सरकारले प्रदान गर्ने अनुदान रकम प्रतिक्विन्टल १०० रुपैयाँ गरी ८३५ रुपैयाँ कायम गर्न पनि माग गरेका छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: