Loktantra Khabar National Weekly
Ad

झिझियाको संरक्षण गर्न प्रतियोगिता आयोजना, गीतमा आधुनिकता समेटिए पछि युवापुस्त बीच लोकप्रिय

लोकतन्त्र खबर
२२ आश्विन २०८१

मनोज यादव— सर्लाही,असोज २२

मैथिली र भोजपुरी भाषामा गाइने विभिन्न झिझिया गीतले यतिवेला पुरै मिथिलाञ्चल गुन्जयमान भएको छ ।

मिथिलाञ्चलका किशोरी तथा महिलाहरु झिंझियाको गीतमा झुमिरहेका छन् । नेपालीहरुको महान चाड वडादशैंमा घटस्थापनाको दिनदेखि नै सर्लाही जिल्ला लगायत मिथिलाञ्चल भरिका महिलाहरु मैथिली र भोजपुरी भाषाको सुरिलो झिझिया गीत तथा नृत्यमा झुमिरहेका छन् ।

उनीहरू गीतको माध्यमबाट बोक्सीलाई गाली गर्ने गरेका छन् । यसरी गीतको गाएर बोक्सीलाई गाली गर्दा उनीहरुको मारक क्षमतामा कमी आउँने र बालबच्चाको सुरक्षा समेत हुने जनविश्वास रहि आएको छ।

दशैको बेला डाइनीहरु(बोक्सी)ले सिकेको जादु मन्त्रको सिद्धिका लागि जन्मजात बालबालिकालाई कुनै करणीद्वारा मारेर मसान घाटमा लगि पुनःबच्चालाई जिवित पारेर नाङ्गै नृत्य गर्ने गरेको मलंगवा नगरपालिका वडा न-५ भाँडसरका एक ७० वर्षीय स्थानीय बृद्ध रामजतन रायले बता ।

दशैको बेला यस्ता घटनामा बृद्धि हुन थालेपछि महिलाहरुले नै एउटा धार्मिक, साँस्कृतिक अनुष्ठानको सुरुवात गरी दुर्गा भगवतीको स्तुतिगर्न र गुण प्रहार गर्ने बोक्सीहरुको जादुलाई निस्तेज पार्न झिझिया लोक नृत्यको प्रारम्भ गरेको जनश्रुती रहको छ।

झिझिया गीत र नृत्यको उद्देश्य समाजमा रहेका खराव प्रवृत्तिका ब्यक्तिबाट आफ्ना सन्तानको सुरक्षागर्नु रहेको छ। किशोरी तथा महिलाहरुले टाउकोमा राखेर नृत्य गर्ने माटोको घैँटोमा असंख्य प्वालहरु पारिएका हुन्छन । त्यस भित्र बलिरहेको दियो राखेर नृत्य गरिन्छ ।

सामान्यतःझिझिया नृत्य गर्न एकदमै गाह्रो हुन्छ। घैंटो भने घुमेको घुम्यै हुने भएकाले अलिकति पनि त्रुटि भयो भने शरीर नै जल्न सक्ने खतरा रहेको मलंगवा -२ की मुक्ता यादवले बताइन्।

झिझिया कुनै जाती विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्यको।रुपमा रहरेको छ । यो लोकनृत्य सर्लाही जिल्ला लगायत महोत्तरी, सिरहा, धनुषा, बारा, पर्सासहित भारतको मिथिला क्षेत्रमा निकेरनै चर्चित छ ।

मिथिला क्षेत्रमा झिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास रहेको भएपनि समाज रुपान्तरण सँगै मिथिलाञ्चलका विभिन्न लोकनृत्यहरु सँगै यो पनि बिस्तारै हराउँदै गइरहेको जानकारहरु बताउँछन् ।

पछिल्लो केही वर्षदेखि गाउँघर देखि शहर बजारमा हराउँदै गएको झिझिया नृत्यलाई जिवन्त राख्ने प्रयास भइरहेको छ। विजया दशमीको अवसरमा स्थानीय स्तरमा आयोजना हुने विशेष पुजा तथा मेला महोत्सवमा झिझिया नृत्य प्रतियोगिताको आयोजना गरि यसको संरक्षण र प्रचारप्रसारको काम भइरहेको छ ।

दशैको समयमा गाउँघरमा झिझिया नृत्यले निरन्तरता पाइरहँदा शहर बजारमा समेत विभिन्न क्लब तथा संघ संस्थाहरुको पहलमा झिझिया नृत्यको आयोजना गरिँदै आएको छ ।

पछिल्लो समय झिझियाको गीतमा आधुनिकतालाई पनि समेट्न थालिएकोले अहिलेका युवा पिंढीमा यस नृत्यको लोकप्रियता बढ्दै गएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्: