Loktantra Khabar National Weekly
Ad

उदयपुरमा श्रीमतीको हत्यापछि टाउको बोकर हिँडेको अवस्थामा युवक पक्राउ

लोकतन्त्र खबर
२३ आश्विन २०८१

काठमाडौँ । उदयपुरमा श्रीमतीको हत्या गरेर टाउको बोकेर बजारमा हिँडिरहेका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जङ्गबहादुर घिसिङ छन् ।

मंगलबार साँझ साढे ६ बजेतिर उनले पत्नी २८ वर्षीया प्रमीला लामाको हत्या गरेका हुन् । हत्यापछि टाउको लिएर हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको उदयपुरका एसपी हरिहर योगीले रातोपाटीलाई बताए ।

भारतबाट असोज १३ मा घर आएका जङ्गबहादुरले विवादपछि पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: