Loktantra Khabar National Weekly
Ad

फोर्स गाडी कर्णाली राजमार्गमा दुर्घटना, १३ जना घाइते

लोकतन्त्र खबर
२३ आश्विन २०८१

सुर्खेत। २६ जना यात्रु सवार रहेको एउटा फोर्स गाडी कर्णाली राजमार्गमा दुर्घटनामा परेको छ । कैलालीबाट अछामतर्फ जाँदै गरेको सु.प्र ०१००१ख३०४६ नम्बरको फोर्स गाडी मंगलबार बेलुका दैलेखकाे गुराँस गाउँपालिका-२, तल्लाे डुङ्गेश्वरमा दुर्घटना भएको हो ।

दैलेख प्रहरीका अनुसार गाडी अचानक भित्तामा ठोकिएको र गाडीमा सवार १३ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारमा लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए ।

घाइतेमध्ये दैलेख आठबिस नगरपालिका-४, का २५ वर्षीय रिदम शाही, अछामको ढकारी गाउँपालिका-१२, बस्ने ५० वर्षीया  पार्वती शाही र साेही नगरपालिका-८, की ४ वर्षीया नेहा खड्काको अवस्था गम्भीर रहेको उनले बताए। रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: