Loktantra Khabar National Weekly
Ad

वीरगञ्जमा अबैध सामानसहित अटो र कपडा बरामद

लोकतन्त्र खबर
२३ आश्विन २०८१

वीरगञ्ज। प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले मंगलबार जिल्ला पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सार मेनगेट लगायतका विभिन्न सीमानाकाबाट अबैध सामानसहित एक अटो लगायत अन्य सार्वजनिक सवारी साधनहरू बरामद गरेको छ।

ना २ ह ४७८५ नम्बरको अटो तथा अन्य विभिन्न सवारी साधनमा लोड गरि नेपालतर्फ ल्याइँदै गरेको ८ लाख ५८ हजार रुपैयाँ बराबरको कपडा, किराना सामान, मोटरपार्ट्स, खेलौना, कस्मेटिक सामग्री, औषधि लगायतका सामग्रीहरू बरामद गरिएको हो।

बरामद सामानसँगै अटोको भन्सार मूल्यांकन ३ लाख ५० हजार रुपैयाँ गरिएको छ। यी सामग्रीहरू आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं. १३ गण हेक्वाप पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिएका छन्। यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: