लोकतन्त्र समाचारदाता—- सर्लाही,कात्तिक २
सुनचाँदी व्यवसायी संघ सर्लाहीको चौथो अधिवेशन जिल्लाको सदरमुकाम मलंगवामा सूरु भएको छ ।
मलंगवा-८ स्थित मोहर सिंह धर्मशालामा संघका अध्यक्ष महेन्द्र साह सोनारको अध्यक्षतामा सुरु भएको अधिवेशनको शुक्रबार एक समारोहका बिच प्रमुख अतिथि नगर प्रमुख नागेन्द्र प्रसाद यादवले व्यानर वाचन गरेर उद्घाटन गरेका छन् ।
अधिवेशनको उद्घाटन पछि बोल्दै नगर प्रमुख यादवले व्यवसायिक हितको लागि खोलिएको यश संस्थालाई विवाद रहित तरिकाले संचालन गर्न र असल ब्यक्तिलाई नेतृत्वकर्ताको जिम्मेवारी दिन सुझाव दिएका छन।
कार्यक्रममा निवर्तमान केन्द्रीय प्रवक्ता मनोज साह,संघका संस्थापक सत्यनारायण अग्रवाल ,प्रदेश सदस्य अर्जुन साह,जनमत पार्टीका केन्द्रीय सदस्य राकेश मिश्रा,उद्योग वाणिज्य संघ मलंगवाका प्रतिनिधि गणेश गुप्ता ,संघका जिल्ला महासचिव कमलेश साह,संघका पदाधिकारी ,पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।
उद्घाटन सत्रको अवसर पारेर संघका अध्यक्ष सोनारले कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख यादवसहितका अतिथिहरुलाई सुनचाँदी व्यवसायी संघ सर्लाहीको तर्फबाट मायाको चिनो प्रदान गरेर सम्मान समेत गरेका थिए।
कार्यक्रमको संचालन शिक्षक तथा मैथिली गायक संतोष कर्णले गरेका थिए। उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ।