बखतियार अलि–
सर्लाही ०३ कार्तिक । सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्य समिति सर्लाहीले बिरोध प्रदर्शन गरेकोछ ।
सर्लाहीको सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेको हो । जिल्ला संयोजक कमलेश साहको नेतृत्वमा सदरमुकाम मलंगवाको जिल्ला प्रशासन कार्यालय मलंगवाबाट निकालिएको जुलुस नगर परिक्रमा गरि जिल्ला प्रहरी कार्यालय नजिक पुगेर कोणसभामा परिणत भएको थियो ।
बिरोध प्रदर्शनमा प्रदेश कमिटिका पदाअधिकारी, जिल्ला कमिटी, नगरकमिटि र वडाकमिटीका सैकडो पार्टी कार्यकर्ताहरु सहभागिता जनाएका थिए ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताले सरकारले राजनीतिक प्रतिशोधका लागि पक्राउ गरेको भन्दै विरोध जनाएका हुन् ।
रास्वपा नेता, कार्यकर्ता र समर्थक प्रदर्शनामा सहभागि थिए । तुल ब्यानर सहित निकालिएको जुलुसमा सरकार र प्रधानमन्त्री विरुद्ध चर्को नाराबाजी गरेका छन् ।
प्रतिशोधको राजनीति बन्द गर, नडराउ रवि दाइ जनता तिम्रो साथमा छन । जस्ता नाराहरु लगाउदै नगरपरिक्रमा गरेको जिल्ला संयोजक साहले लोकतन्त्रलाई बताए ।
आजै बस्ने प्रदेश कमिटिको बैठकबाट आन्दोलनको थप कार्यक्रमहरु सार्वजनिक गरिने पार्टीका युवा नेता डा. ईन्द्रजित कुशवाहाले बताउनु भयो । पार्टीका अर्का नेता अग्नि सापकोटाले भने हाम्रो सभापतिलाई रिहाई गरिएन भने मधेश प्रदेशमा आगो बल्ने वहाले चेतावनी समेत दिनुभयो ।