Loktantra Khabar National Weekly
Ad

मलंगवामा खुल्यो खाने तेल उद्योग

लोकतन्त्र खबर
८ कार्तिक २०८१

लोकतन्त्र समाचारदाता— सर्लाही,कात्तिक ८

सर्लाही सदरमुकाम मलंगवामा खाने तेल उद्योग सञ्चालनमा आएको छ ।

मानव स्वास्थ्यलाई ध्यानमा राखेर उपभोक्तालाई शुद्ध खाने तेल उपलब्ध गराउने उदेश्यले मलंगवा-१० स्थित जिविस चौकमा स्नेही फुड प्रोसेसिंङ्ग प्रालि सञ्चालनमा आएको हो ।

उक्त उद्योगको आज एक कार्यक्रमका बिच सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले उद्घाटन गर्नु भएको छ।

कृष्णा कुमारी यादवले आफ्ना ससुराको नाम बाट संचालन गर्नुभएको यस उद्योगमा स्थानीय किसानहरुले उत्पादन गरेको तोरी र सरसोबाट स्वास्थ्यलाई समेत फाइदा पुर्याउने शुद्ध तेल निकालेर उपभोक्ताहरुलाई बिक्री गर्ने जनाइएको छ।

उद्योगको उद्घाटन गर्दै प्रजिअ अधिकारीले यो उद्योग संचालनमा आएपछि किसानहरुलाई अन्य बालीसँगै तेलहन बाली लगाउन प्रोत्साहन मिल्ने बताउनुभयो ।

उद्योगको दैनिक ३ सय लिटर तेल उत्पादन गर्ने क्षमता रहेको प्रोपराइटर कृष्णा कुमारी यादवले जानकारी गराएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्: