बखतियार अलि–
सर्लाही २२ कार्तिक । बैदेशिक रोजगारमा बस्दा बंगलादेशी नागरिक मो. नसिरका ३० वर्षिय छोरी नसिमा अख्तरलाई नेपालको सर्लाही जिल्ला सदरमुकाम मलंगवा वार्ड नं. ३ बस्ने साहिद अलिका छोरा ३१ वर्षिय सदाम भन्ने आसिफ मिकरानीले बिहेको प्रलोभनमा पारी रु ५० लाख ठगेर फरार भएपछि निजलाई खोज्दै बंगलादेशी महिला मलंगवा आएको छ ।
बंगलादेशी चेली अख्तर तथा नेपाल मलंगवा बस्ने मिकरानीको केही वर्ष पहिला बैदेशिक रोजगारको क्रममा दोहा कतारमा भेट भएको थियो । दुबै जना एकअर्कालाई असाध्यै माया गरेको थियो । हामि दुबै जनाले संगै जिउने, संगै मर्ने कसम समेत खाएको बंगलादेशी नागरिक अख्तरले बताईन ।
आफुलाई बिहे गर्ने भनेर प्रलोभन देखाई मैले कमाई गरेको रु. ५० लाख नेपाली रुपैया लिएर आसिफ फरार भएपछि उसलाई खोज्दै उनी अहिले नेपाल आएको बताएकी छिन । केटाको साबिक घर भएको सदरमुकाम मलंगवा वार्ड नं.–३ मा जादा उसले बिहे गरि सकेको थाह पाएपछि आफुले दिएको पैसा अब मलाई फिर्ता गरि दिनु वा मसंग बिवाह गर्नु भनेर बंगलादेशी महिला अखतरले शर्त राखे पछि केटा फरार भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बंगलादेशी महिलाले प्रहरीमा उजुरी गरेपछि हामिले केटालाई खोजि रहेका छौ । केटा फरार भएको छ । यधपी बंगलादेशी नागरिक अख्तर संग आसिफ भन्ने व्यतिmले पैसा ठगेको कुनै प्रमाण नरहेको प्रहरीको भनाई छ । बंगलादेशी नागरिक अख्तरलाई मलंगवा स्थित सेफ हाउसमा राखिएको प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले लोकतन्त्रलाई बताए ।