बखतियार अलि–
सर्लाही २८ कार्तिक । खाने मुखलाई जुगांंले छेकदैन भन्ने उखानलाई चरितार्थ गरेको छ, पौडेल परिवारले । नेपालमै केहि गर्छु । देशमै बसेर राम्रो कमाई गर्ने निधो गरेर दाल भात बेचेर दैनिक ३ लाख कमाई गरि रहेको छ, हेटौडाका गौतम पौडेल ।
एक दशक भन्दा बढि समय देखि हेटौडा महानगरपालिकामा लोकप्रिय भोजनालय संचालन गरेका पौडेल अहिले नेपाली थाली अर्थात नेपाली खाना दाल, भात र तरकारी बेचेर दैनिक रुपमा लाखो रुपैया आम्दानी गरिरहेको छ ।
नेपाली खानाको लागि लोकप्रिय भोजनालय अहिले हेटौडामा मात्र प्रसिद्ध नभएर पुर्वमा मेचि देखि पश्चिममा महाकाली सम्मका नेपाली खानाका पार्खी आगन्तुक पाहुनाहरु बिच अहिले लोकप्रिय भोजनालय प्रसिद्ध भएको छ ।
दुरदराजबाट आउने प्रर्यटक चाहे त्यो नेपाली होस वा भारतीय हेटौडा पुग्दा खाना खानलाई एकमात्र होटल लोकप्रिय भोजनालयमा जाने गरेको सोही ठाउमा खाजा पसल गरेका अनिश कार्की बताउछन ।
लोकप्रिय भोजनालयका संचालक गौतम पौडेलको भनाई अनुसार दैनिक रुपमा सादा नेपाली खाना २ सय र मासु भात बढिमा साढे ३ सय रुपैयामा बेच्ने गरेको बताए । पौडेलका अनुसार दैनिक रुपमा हजार देखि १२ सय प्लेट खाना आफुले बेच्ने गरेको संचालक पौडेलको भनाई छ ।
उनले लोकप्रिय भोजनालयमा २२ जनालाई प्रत्यक्ष रुपमा रोजगारी समेत दिनु भएको हो । परिवारका अन्य सदस्य पनि सोही होटलमा कार्यरत रहेका छन । नेपाली खानाका पारखीहरु दैनिक रुपमा यहि खाना खानलाई आउने गरेको उनको भनाई छ ।
स्वादिष्ट खाना संगै मुस्कान सहितको सेवा ग्राहकहरुलाई दिएपछि खानाका पारखीहरुको दैनिक रुपमा भिंडनै लाग्ने गरेको छ । लोकप्रिय भोजनालयका संचालक पौडेल भन्नु हुन्छ । नेपाली युवाहरु अहिले बिदेश जाने होडबाजीमा लागेर बैदेशिक रोजगारीमा जाने गरेको छ । बैदेशिक रोजगारीमा गएर युवाहरु दुख पाउछन ।
कतिले त ज्याननै गुमाएको पनि खबर सुनिन्छ । थोरै लगानी, मेहनत र लाज त्यागे नेपालमै राम्रो आम्दानी गर्न सकिने लोकप्रिय भोजनालयका संचालक पौडेलको भनाई छ । धैर्य र लगन भएपनि युरोप अमेरिका भन्दा बढि पैसा ईज्जत र प्रतिष्ठाका साथ नेपालमै कमाउन सकिन्छ ।
यसको ठुलो नजिर म छु पौडेलले बताउनु भयो । पौडेल दालभात बेचेर केहि वर्षकै अन्तरालमा हेटौडामा ३ वटा नया होटल संचालन गरेको छ । छोरा छोरीलाई उच्च शिक्षा दिनु भएको छ ।
समाजमा पनि राम्रो पहिचान बनाउनु भएको छ । पहिला पहिला सुरुमा जुन व्यतिmहरुले जुठो भाडा माजेको देखेर हास्ने र मजाक उडाउनेहरु अचेल प्रशंसा गर्न थालेको उनी खुसि हुदै बताउनु भयो ।