Loktantra Khabar National Weekly
Ad

युवा सामाजिक अभियन्ता मनिष द्वारा इन्सान प्रावि भाँडसरका २ सय विद्यार्थीलाई कपडा वितरण

लोकतन्त्र खबर
२९ कार्तिक २०८१

मनोज यादव–––
सर्लाही,कात्तिक २९

सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर –५ भाँडसर स्थित इन्सान प्राथमिक विद्यालयका २ सय विद्यार्थीहरुलाई विद्यालय पोशाकको लागि कपडा वितरण गरिएको छ। भाँडसर निवासी युवा सामाजिक अभियन्ता मनिष कुमार यादवको आयोजनामा उक्त विद्यालयमा अध्यनरत कक्षा १ देखि ५ सम्मका २ सय विद्यार्थीहरुलाई विद्यालय पोशाकको लागि एक–एक जोड कपडा वितरण गरिएको हो ।

स्थानीय अन्जनी खिडहरीका छोरा मनिष यादवको निजीआर्थिक सहयोगमा उक्त विद्यालयमा अध्यनरत सबै समुदाय तथा वर्गका विधार्थीहरुलाई कपडा वितरण गरिएको विद्यालयका प्राधानाध्यापक जय प्रकाश रजकले बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मद मेराजुद्दिन मिकरानीको अध्यक्षता,मलंगवा नगरपालिकाका उपप्रमुख शकुन्तला देवी साहको प्रमुख आतिथ्यता तथा पुर्व गाविस अध्यक्ष नुरुल मिकरानी,पुर्व गाविस सचिव माधव प्रसाद यादव,असलम रजा,दशै सहनी,राम नन्दन राय लगायत स्थानीय समाजसेवी ,बुद्धिजीवीहरुको उपस्थितिमा विद्यार्थीहरुलाई विद्यालय पोशाकको कपडा हस्तान्तरण गरिएको हो ।

कुनै एक समुदाय अथवा वर्गलाई मात्र नछुट्याइ विद्यालयमा अध्यनरत सबै समुदाय तथा वर्गका विद्यार्थीहरुलाई समान रुपले विद्यालय पोशाकको कपडा वितरण गरेको कार्यक्रमका आयोजक तथा सामाजिक अभियन्ता मनिषले बताएका छन् । विकासको मुल आधार शिक्षानै रहेको र आफ्नो बाबुबाजेले पनि यसै क्षेत्रको विकासको लागि विभिन्न कार्यहरु गरेकोले आफु पनि यसै क्षेत्रलाई रोजेको उनले बताए । भाँडसर मात्र नभइ मलंगवा नगरपालिकाको १२ वटै वडाको विद्यालयमा यस किसिमका कार्यक्रमहरुको आयोजमा गरि आफ्नो सामर्थ्यले भ्याए सम्म सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै विद्यालयको शैक्षिक स्तर उकास्नको लागि आवश्यक पर्ने सामाग्रीहरुको लागि सम्बन्धित विद्यालयका प्रअले जुनसुकै बेला पनि आफुसँग सम्पर्क गर्न सक्ने छन् उनले भने ।

यसअघि समाजिक अभियन्ता मनिषले भाँडसर कै श्री राम गुलाम जनता माध्यमिक विद्यालयमा अध्यनरत ८ सय भन्दा विद्यार्थीहरुलाई विद्यालय पोसाकको कपडा वितरण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्: