लोकतन्त्र समाचारदाता-
सर्लाही,कात्तिक २८
China AID को सहयोग तथा UNDP Nepal को सहजीकरणमा RDC Nepal रौतहट द्वारा संचालित “Support to Community school in Remote Areas for Pandemic Prevention and Green Recovery project (SSPP-GR) परियोजना अन्तर्गत सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १२ स्थित माईस्थान जनता आधारभुत विद्यालयका ११२ जना अभिभावकहरुलाई बालबालिकाको शिक्षामा सुधार गर्ने उदेश्यले विभिन्न सामाग्रीहरु वितरण गरिएको छ ।
मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्जित यादवको अध्यक्षतामा माईस्थान प्राविको प्रांगणमा एक कार्यक्रमको आयोजना गरि प्रति परिवारको दरले दैनिक जिवनमा प्रयोग हुने १ थान तिरपाल, १ थान सुधारिएको चुलो, १ थान टर्च लाईट, २ थान कम्बल, २ थान तन्ना, ४ थान तकियाको खोल, २ थान मच्छर झुल र २ थान म्याट प्रदान गरिएको छ ।
दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरुलाई महामारी रोकथाम र हरित पुनःस्थापनाको प्रयासमा शैक्षिक वातावरण सुधार गरि बालबालिकाहरुको शिक्षामा पहुँच बढाउने यस परियोजनाको मुख्य उदेश्य रहेको र यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा विद्यालयलाई बेन्च डेस्क, कप बोर्ड, शौचालय सुधार, आदीको सहयोग र दोस्रो चरणमा विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्री वितरण गरिएको प्रोजेक्ट अफिसर संजिव शर्माले जानकारी दिएका छन् ।
यसअघि जिल्लाकै कबिलासी नगरपालिकाको ३ ठाउँमा गरि ९६६ र बरहथवा नगरपालिकाको २ ठाउँमा गरि ५९८ गरि जम्मा १ हजार ५ सय ६४ जना अभिभावकहरुलाई सामाग्री वितरण गरिसकेको प्रोजेक्ट अफिसर शर्माले जनाएका छन् ।
प्रमुख अतिथि मन्त्री रायले परियोजनाको ब्यानर वाचन गरेर सामाग्री वितरण कार्यक्रमको उद्घाटन गरेका थिए। माईस्थान आधारभुत विद्यालय नगरपालिका क्षेत्र भित्र रहेपनि उपेक्षित हुँदै आएकोले यस किसिमको कार्यक्रम बाट अभिभावक र विद्यार्थीहरुमा पढाइ प्रतिको झुकाव बढ्ने साथै शैक्षिक वातावरणमा समेत सुधार आउने मन्त्री रायले बताए ।
उनले यस विद्यालयमा कक्षा कोठा थप साथै अन्य भौतिक सुधारका लागि प्रदेश सरकारबाट २५ लाख रुपैयाँ राख्न लगाइसकेको र अबको केही दिनमै दोस्रो तल्लाको काम पनि सुरु हुने जानकारी गराए।
उक्त कार्यक्रममा आर डि सी नेपाल रौतहटका योगेश कुमार सिंह, परमेश्वर राय,राम सुरेश राय,भोला राय, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,शिक्षक,शिक्षिका,विद्यार्थी,
सामाग्री वितरण कार्यक्रमको संचालन विद्यालयका प्राधानाध्यापक इन्द्रभुषण अधिकारीले गरेका थिए।