काठमाडौँ । नक्कली फेसबुक आइडी बनाएर बिहेको प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका(५ घर भई हाल काठमाडौँ चन्द्रागिरि – ७ हाईभिजिन कोलोनी बस्ने रुद्र बहादुर गुरुङ रहेका छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चन्द्रागिरिको हाईभिजन कोलोनीबाट आइतबार पक्राउ गरेको हो ।
गुरुङले फेसबुकमा केटी साथी बनाउँदै आफू सिंगापुरे लाहुरे भएको परिचय दिन्थे । आफूसँग बिहे गरे सिंगापुर लैजाने भन्दै उनले प्रलोभन समेत देखाउँथे । केटीहरूलाई विश्वासमा दिलाउनका लागि कागजातहरू समेत पठाउने गरेको खुलेको छ ।
गुरुङले काठमाडौँ चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवम् परिचय परिवर्तन गरी भेट्न बोलाई चेक तथा नगद गरी १६ लाख ८३ हजार ६ सय रुपैयाँ साथै विभिन्न व्यक्तिहरूको नाममा रहेका २६ वटा ई(सेवा वालेटहरूमा पटक(पटक गरी १० लाख ९९ हजार ६ सय रुपैयाँ गरी जम्मा २७ लाख ८३ हजार २ सय रुपैयाँ रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाडौँ पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी उपरीक्षक काजी कुमार आचार्यले बताए । सौजन्य यात्रा डेली