मनोज यादव-
सर्लाही,मंसिर ७ सर्लाहीको हरिपुर्वा नगरपालिका वडा न-३ र ८ मा रहेका विभिन्न स्वास्थ्य आमा समुह तथा बाल क्लबहरुको लागि “हाम्रो सहकार्य” परियोजना अन्तर्गत सामुदायिक कार्य योजना(CAP)सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
CDWN काठमाडौ तथा NDSS सर्लाही संस्था द्बारा गठित हरिपुर्वा नगरपालिका वडा न-३ मा महादेव र सुन्दर स्वयं सहायता महिला समूह तथा वडा न-८ मा लक्ष्मी स्वयं सहायता महिला समूहको आयोजनामा दलित महिला केन्द्र(CDWN),नेपाल दलित सेवा समाज(NDSS) र सामाजिक विकास केन्द्र (SDC)नेपाल को संयुक्त सहकार्यमा यु.एन.वुमन र फिनल्यान्ड सरकारको आर्थिक सहयोगमा अन्तरक्रिया(CAP) कार्यक्रम सम्पन्न भएको हो ।
मंसिर ५ गते बुधबार र ६ गते बिहीबार दुई दिनसम्म संचालन भएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई समुदायमा विद्यमान भेदभावपूर्ण सामाजिक र लैंगिक मुल्यमान्यताहरुको बारेमा चेतना बढाउनको लागि गरिने लैंगिक रुपान्तरणकारी सम्बादको प्रबर्द्धन गरि सहभागी र बहिष्कारणमा पारिएका समुहहरुले सामुहिक
कार्य र सामुदायिक संलग्नता मार्फत आफ्नो अधिकार माग्ने क्षमतालाई अझै बलियो बनाउन, महिला द्वारा महिला(सासु बुहारी ) माथिनै हुने विभिन्न खाले विभेद तथा हिंसाहरुलाई निरुत्साहित गर्न ,बालविवाहका हानिकारक असर बारे जानकारी गराउन र परियोजनाको लक्ष्य अनुरुप समुदायमा रहेका लैंगिक मुल्यमन्यता, अलिखित तथा हानिकारक रितिरिवाजलाई आफै बाट परिवर्तन गर्न सहभागीहरुलाई सिकाइ,
समीक्षा र कार्य मार्फत अगाडी वढाउने उदेश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको नेपाल दलित सेवा समाजका संजय मण्डलले जानकारी दिए। हरिपुर्वा-३ मा आयोजना भएको सासु बुहारी अन्तरक्रिया कार्यक्रममा महादेव स्वास्थ्य आमा समूहका ६ जना सासु र १४ जना बुहारीहरु गरि २० जना महिलाहरु सहभागी भएका थिए भने सोही वडामै भएको बालविवाह अन्तरक्रियामा शिवबाबा धर्मनाथ बाल क्लबका २३ जना सहभागी भएका थिए।
त्यस्तै वडा न-८ मा भएको बालविवाह सम्बन्धि अभिमुखिकरण कार्यक्रममा पशुपतिनाथ स्वास्थ्य आमा समूह बसन्तपुरका २२ जना सहभागी भएका थिए। कार्यक्रममा सहभागीहरुलाई समाज विकास केन्द्र नेपालका कार्यकारी निर्देशक विरेन्द्र गुप्ता र नेपाल दलित सेवा समाज हाम्रो सहकार्य परियोजनाका प्रदेश संयोजक संजय मण्डलले सहजीकरण गरेका थिए।
प्रतिक्रिया दिनुहोस्: