Loktantra Khabar National Weekly
Ad

अर्नाहा(बलरा नगरपालिका)का अभिभावकहरुलाई दैनिकी जिवनमा प्रयोग हुने विभिन्न सामाग्री वितरण

लोकतन्त्र खबर
१२ मंसिर २०८१

मनोज यादव—
सर्लाही,मंसिर ११
China AID को सहयोग तथा UNDP Nepal को सहजीकरणमा RDC Nepal रौतहट द्वारा संचालित “Support to Community school  in Remote Areas for Pandemic Prevention and Green Recovery project (SSPP-GR) परियोजना अन्तर्गत सर्लाहीको बलरा नगरपालिका वडा नम्बर-५ स्थित श्री सरस्वती अमरेश बबुनन्दन सिंह माध्यमिक विद्यालयका बालबालिकाहरुको शिक्षामा सुधार गर्ने उदेश्यले उनीहरूका अभिभावकलाई विभिन्न सामाग्रीहरु वितरण गरिएको छ।
यु एन डि पी का सहायक आवासिय प्रतिनिधि विजय सिंहको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार सिहको अध्यक्षतामा विद्यालयको प्रांगणमा एक कार्यक्रमको आयोजना गरि कक्षा १ देखि कक्षा ७ सम्मका विद्यार्थीहरुको अभिभावकलाई प्रति परिवारको दरले दैनिक जिवनमा प्रयोग हुने १ थान तिरपाल, १ थान सुधारिएको चुलो, १ थान टर्च लाईट, २ थान कम्बल, २ थान तन्ना, ४ थान तकियाको खोल, २ थान मच्छर झुल र २ थान म्याट प्रदान गरिएको हो ।
दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरुलाई महामारी रोकथाम र हरित पुनःस्थापनाको प्रयासमा शैक्षिक वातावरण सुधार गरि बालबालिकाहरुको शिक्षामा पहुँच बढाउने उदेश्यले यु एन डि पी ले तयार पारेको परियोजना अनुरुप अभिभावकहरुलाई सामाग्री वितरण गरिएको सहायक आवासिय प्रतिनिधि सिंहले बताउनु भएको छ। उहाँले परियोजनाको तीनवटा चरण अन्तर्गत पहिलो चरणमा विद्यालयलाई बेन्च, डेस्क, बोर्ड, शौचालयको सुधार, आदीको सहयोग गरिएको थियो भने दोस्रो चरणमा विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्री र स्वास्थ्य कीट वितरण गरिएको  बताउनु भएको छ।बालबालिकाको शिक्षामा पहुँच बढाउनमा अभिभावकको पनि ठुलो हात हुने भएकोले अभिभावकहरुको लागि पनि केही गर्नुपर्छ भनेर परियोजनाको तेस्रो चरण अन्तर्गत बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै धुवाँ रहित सुधारिएको चुल्हो,राम्रो निन्द्राको लागि नरम म्याट,मच्छर झुल,दिसापिसाबको लागि राती अन्ध्यारोमा घर बाहिर जानुपर्ने अवस्थाको लागि टर्च लाइट,गाउँघरमा अधिकांशको घरको छानो खरले छाएकोले बर्खाको मौसममा छानो चुहिमे र घरभित्र रहेका अन्य सामानहरु सँगै बालबालिकाको काँपी किताब पनि भिजेर खराब हुने भएकोले सो बाट जोगाउन त्रिपाल र अन्य सामाग्रीहरु अभिभावकहरुलाई प्रदान गरेको सिंहले  बताए।
यो परियोजना मधेस प्रदेशका दुईवटा जिल्लाहरु सर्लाही र रौतहटमा संचालन भइरहेको छ। यो परियोजना शिक्षाको स्तरलाई माथि उठाउन कोभिड मात्र नभइ अन्य आपातकालिन अवस्थामा पनि विद्यालयको पठनपाठन प्रभावित नहोस् ,विद्यालयमा पठनपाठनको वातावरण राम्रो बनोस् र घरमा पनि पठनपाठनको राम्रो वातावरण बनोस् भन्ने उदेश्यका साथ छनौटमा परेका सर्लाहीका १२ र रौतहटका १३ वटा गरि जम्मा २५ वटा विद्यालयहरुमा संचालन भइरहेको सहायक आवासिय प्रतिनिधि सिंहले जानकारी गराउनुभयो।
सोही कार्यक्रममा यु एन डि पी ले उक्त विद्यालयका २१ जना कर्मचारी तथा शिक्षक शिक्षिकाहरुलाई समेत उपहार  प्रदान गरेका थिए। शिक्षक कामेन्द्र महराले संचालन गरेको सामाग्री वितरण कार्यक्रममा विशिष्ठ अतिथि बलरा नगरपालिकाका प्रमुख रामा शंकर कुशवाहा,वडा नम्बर -५ का वडाअध्यक्ष मनोज मोहन कुमार सिंह,प्राधानाध्यापक जय प्रकाश नारायण सिंह लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रममा प्रोग्राम मेनेजर राजेश शर्मा,फिल्ड कोअर्डिनेटर धन बहादुर चन्द्र,इ डी संजिब शर्मा, राम निवास कुशवाहा, शिक्षक,शिक्षिका,  अभिभावक,विद्यार्थी,स्थानीय सामाजिक अगुवा र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: