Loktantra Khabar National Weekly
Ad

विद्यालयमा सुरक्षित सिकाई वातावरण निर्माणका लागि सरोकारवाला बीच सम्वाद

लोकतन्त्र खबर
२५ मंसिर २०८१
लोकतन्त्र समाचारदाता—
सर्लाही,मंसिर २५
सर्लाहीको मलंगवामा विद्यालयमा सुरक्षित सिकाई वातावरण निर्माणका लागि सरोकारवालाहरु बीच सम्वाद गरिएको छ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा अभियानको १५ औं दिन  शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समिती सर्लाहीको आयोजनामा विद्यार्थीहरुको शैक्षिक स्तर वृद्धि गर्नका लागि उचित किसिमको वातावरण निर्माण गर्ने उद्देश्यले सरोकारवालाहरु बीच सम्वाद गरिएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा सहभागीहरुलाई अमरेन्द्र यादवले बिद्यालयमा सुरक्षित वातावरणमा कसरी सिकाई गर्न सकिन्छ भन्ने विषयमा जानकारीमुलक प्रस्तुति  गरेका थिए। विद्यालयमा अध्यनरत विद्यार्थीहरुको लागि सुरक्षित वातावरण निर्माण गर्न अभियानले विभिन्न सात बुँदे मागहरु अधि सारेको छ।
कार्यक्रममा अभियानले समतामूलक लगानी गरि समता र समानतालाई बढावा दिने शिक्षा प्रणालीको सुनिश्चितता गर्नुपर्ने ,प्रभावित समुदायको आवाजको सुनवाइ तथा नागरिक समाजलाई आफ्नो कुरा राख्न पाउने सुरक्षित वातावरण उपलब्ध गराउनु पर्ने ,विद्यालयमा गुनासो सुनवाइ संयन्त्रको व्यवस्थापन ,बालिका तथा समावेशी शिक्षा,संचालनको गठन ,लैंगिक सम्पर्क व्यक्तिको व्यवस्थापन र क्षमता अभिवृद्धि गर्नुपर्ने ,विद्यालयमा सुरक्षित वातावरणको निर्माण गरि सबै बालबालिकाहरुको शिक्षाको अधिकार सुनिश्चित गरिनुपर्ने ,विद्यालयमा महिला शिक्षकहरुको वृद्धि गर्न स्थानीय सरकार द्वारा आवश्यक पहल गरिनुपर्ने ,हिंसा प्रभावितहरुको शिक्षाको अधिकारलाई स्थानीय सरकार द्वारा प्राथमिकता राखिनुपर्ने र बालिका तथा महिला शिक्षा प्रबर्द्धनका लागि स्थानीय सरकार द्वारा लगानी बढाउनुपर्ने मागहरु अघि सारेको
एनसिई  नेपालका सर्लाही जिल्ला संयोजक अधिवक्ता राजेश पासवानले जानकारी गराएका छन् । १६ दिने अभियानकै सन्दर्भमा बालिका शिक्षालाई जोड दिन जनमानसमा जनचेतना फैलाउने उदेश्यले स्थानीय एफएम रेडियोमा चेतनामुलक जिंगल बजाइरहेको र सो विषयमा अगर्वामा सडक नाटक तथा कौडेनामा विद्यालय स्तरीय हाजरी जवाफ प्रतियोगिता समेत सम्पन्न गरिसकेको उनले जानकारी गराएका छन् ।
एनसिईका जिल्ला संयोजक अधिवक्ता पासवानको अध्यक्षता ,  नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय कोषाध्याक्ष गोबिन्द पासवानको प्रमुख आतिथ्य तथा शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख तारापती पोखरेलको विशिष्ट  आतिथ्यमा भएको सम्वाद कार्यक्रममा नागरिक समाज सर्लाहीका महासचिव शिबचन्द्र चौधरी ,मलंगवा नगरपालिका कार्यपालिका सदस्य अमिरखा देबि बैठा,इन्सेक प्रतिनिधि बुधन साह ,ओरेक प्रतिनिधि मम्ता साह ,युएनएफपिएका कार्यक्रमबिज्ञ बच्चालाल महतो ,आशिस नेपालका संगीता परियार ,आसमान नेपालका हरेअराम यादव ,बाल गोबिन्द माबिका प्रअ गौरी पंडित ,रामगुलाम मावि भाँडसरका प्रअ मनोज कुमार कुशवाहा सहित विद्यार्थी, अभिभावक र पत्रकारहरु लगायतको सहभगिता रहेको थियो
प्रतिक्रिया दिनुहोस्: