मनोज यादव(((
सर्लाही,पुस ४
किसानलाई आकाशे वर्षाले साथ दिएकोले यो वर्ष सर्लाहीमा धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र सर्लाही जनाएको छ। किसानहरु यतिबेला धमाधम धान काटेर भित्र्याउने काममा लागेका छन् ।
जिल्लाको उत्तरी भेगका किसानले कात्तिक तिरै धान भित्याएर सकेपनि दक्षिणी भेगका किसानहरु भने अहिले धान काट्न व्यस्त छन् । सिँचाई सुविधा राम्रो भएका कारण दक्षिणी भेगका किसानहरु ढिलो पाक्ने धान लगाउने गरेका छन् । जिल्लाको कविलासी, गोडैता, बरहथवा, चक्रघट्टा, बसबरिया, धनकौल, बलरा, रामनगरलगायत दक्षिणी भेगका किसानहरु यतिबेला धान काटेर भित्र्याउने काममा लागेको देखिन्छन् । खेतमै धान काट्ने मेसिन पुुगिरहेकोले धान भित्र्याउन केही सहज भएको किसानहरुले बताएका छन् ।
काटेर थुुपारिएको धान झार्नका लागि थ्रेसर किसानको खेतमै पुुगेका छन् ।
यो वर्ष आकाशे वर्षाले साथ दिएकोले धान बाली राम्रै भएको तर,अन्तिमतिर आएर भने रोग, किराको प्रकोपले असाध्य सताएको कृषि ज्ञान केन्द्र सर्लाहीका निमित्त प्रमुख देवानन्द राय यादवले बताए।
सर्लाहीमा ४६ हजार हेक्टर जग्गामा धान खेती हुुदैँ आएको छ।
प्रतिक्रिया दिनुहोस्: