लोकतन्त्र समाचारदाता—
सर्लाही ,पुस ९
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका वडा न-११ मालपोत कार्यालय अगाडी सोमबार स्कुटी र ट्याक्टर एकआपसमा ठोक्किँदा स्कुटी चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा हरिवन न.पा.-८ चापिनी बस्ने अन्दाजी बर्ष २५ को कवि रिखाम मगर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लालबन्दीबाट नयाँरोड तर्फ जादै गरेको बा.प्र.-०२-०२८ प ६५०८ नम्बरको स्कुटीले सोही दिशा तर्फ जादै गरेको ना. ६ त ३०५० न. को ट्याक्टरको पछाडीको टेलरमा ठक्कर दिंदा सवारी दुर्घटना भएको हो।
दुुर्घटना लगत्तै गम्भीर घाइते भएका स्कुटी चालक रिखाम मगरलाई हरिवन स्थित स्वाभिमान अस्पतालमा उपचार पश्चात तत्कालै थप उपचारको लागि बिरगजं रिफर गरेको थियो। प्रहरीले दिएको जानकारी अनुसार स्कुटी चालक रिखाम मगरको एल एस न्युरो अस्पताल बारामा उपचारको क्रममा मंगलबार राती ९ बजे मृत्यु भएको छ।शव हाल सोही अस्पतामा रहेको प्रहरीले जानकारी गराएको छ।
स्कुटी पछाडी सवार रहेका हरिवन न.पा-८ चापिनी बस्ने अन्दाजी वर्ष ४५ का रामजी बस्नेत सामान्य घाइते भएकोले निजको स्बाभिमान अस्पताल हरिवनमा उपचार चलिरहेको छ।
दुर्घटनामा संलग्न ट्याक्टर र स्कुटी इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेको छ। घटना लगत्तै ट्याक्टर चालक फरार भएकोले निजको खोजि भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्: