Loktantra Khabar National Weekly
Ad

रास्वपाको प्रथम जिल्ला भेलाबाट सभापतिमा बानिया निर्विरोध निर्वाचित

लोकतन्त्र खबर
९ पुष २०८१

बखतियार अलि–
सर्लाही ०९ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम सर्लाही जिल्ला भेलाबाट सभापतिमा सरोज वानिया निर्विरोध निर्वाचित भएको प्रदेश कोषाध्यक्ष चन्दन कुमार साहले बताउको छ । त्यस्तै उपसभापतिमा रेखा खडका सचिव नविन्द्र भटराई सहसचिवमा धनोज चौधरी र सदस्यहरुमा दिवानी घिमिरे, रजिया खातुन र जितेन्द्र प्रसाद कुशवाहा निवार्चित भएको कोषाध्यक्ष साहले बताए ।

 

जिल्ला भेलालाई सम्बोधन गर्दै पुर्व मन्त्री तथा माननीय डा. तोसिमा कार्कीले भने रास्वपाको प्रतिस्पर्धा रास्वपा भित्रनै रहेको छ, अरु कसैसंग हाम्रो प्रतिस्पर्धा नभएको वहाले बताउनु भयो । वहाले थप्दै भने रास्वपा लडनु भनेको हामि आफनै खुटटामा बेरिएर लडन सकिन्छ अरु कसैले हामिलाई लडाउन सकिदैन उनको भनाई थियो ।

 

केन्द्रिय संगठन विभाग सचिव शंकर श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित पदाअधिकारीहरुलाई कार्यकाल पुर्ण सफलाको कामना गर्दै बधाई दिनुभयो । वहाले रास्वपा सभापति रवि लामिछानेलाई थुनेर राजनीतिक प्रतिशोध साधेको बताउनु हुदै कानुनको दुरुपयोग गरेर जति दुख दिएपनि देशका जनतामा सभापति लामिछाने लोकप्रिय बन्दै गएको श्रेष्ठको जिकिर थियो ।

 

कार्यक्रममा मधेश प्रदेशका सभापति इ.तपेशवर यादवले नवनिर्वाचित जिल्ला कार्य समितिको काधमा ठुलो जिम्मेवारी आएको बताउदै सर्लाहीको सबै पालिका तथा वडाहरुमा संगठन बिस्तारको कामलाई तिव्रता दिनु पर्ने कुरामा वहाले जोड दिनुभयो । प्रथम जिल्ला भेला सदरमुकाम स्थित महेन्द्र होटलमा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्र, प्रदेश तथा जिल्लाका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: