बखतियार अलि–
सर्लाही ११ पुष । बिहेको प्रलोभनमा पारी पटक–पटक जबरजस्ती करनी गरेको घटना सार्वजनिक भएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका वार्ड नं. ८ बस्ने नामपरिवर्तन निशा कुमारीलाई सोही वडामा बस्ने रामकृष्ण सिंहका २२ वर्षिय छोरा विकेश सिंहले बिहे गर्ने प्रलोभनमा पारी पटक–पटक करनी गरेको पिडित कुमारीले आरोप लगाउकी छिन । गएको मंसिर ३ गतेका दिन तिमि संग भेटनु छ, भनेर उखुबारीको एकान्तमा बोलाएर आफुलाई कुटपिट गरि जबरजस्ती करनी गरेको पिडितले बताईन ।
पिडित कुमारीको भनाई अनुसार केटाले अहिले बिहे नगर्ने र साथै कसैसंग बिहे गरिस भने तलाई मारि दिने भनेर धमकी दिएपछि आफुले इलाका प्रहरी कार्यालय ईश्वरपुरमा उजुरी दर्ता गरिदिन भनेर जाहिरी लिएर त्यहा पुगे ।
इलाका प्रहरी कार्यालय ईश्वरपुरका प्रहरी निरिक्षक उमाकान्त जोशीले जाहिरी दर्ता गर्न मानेन । सोको भोली पल्ट आउनु भनेर फर्काई दिनुभयो । भोली पल्ट पुन त्यहा पुग्दा प्रहरी निरिक्षक जोशीले ईश्वरपुर नगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष श्याम थापा संग भेटनु वहाले मिलाई दिनु हुनेछ भनेर वडामा पठाई दिनुभयो ।
वडामा जादा वडाअध्यक्ष थापाले केहि पैसा लिएर चुप लागेर बस्नु भनेपछि आफु अन्यायमा परेको पिडित कुमारीले दुखेसो पोखिन ।
यस सम्बन्धमा जब लोकतन्त्रकर्मीले सोध गरेपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले केमराको अगाडी केहिपनि भन्न चाहनु भएन ।
वहाले पिडितको उजुरी आजै दर्ता गर्न निर्देशन गरेपछि ईश्वरपुरका प्रहरी निरिक्षक उमाकान्त जोशीले जाहिरी दर्ता गरेर मंगलवारनै पिडितलाई मेडिकलको लागि प्रादेशिक असपताल मलंगवामा पठाएको छ ।
पिडक ईश्वरपुर नगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष श्याम थापाको सवारी चालक रहेको छ । तेसैले पहुचका आधारमा डेढ महिना देखि पिडित महिलाको जाहेरी दर्ता भएको थिएन । पिडितको जाहिरी मंगलवार दर्ता भएपछि न्याय पाउने आशा जागेको पिडित कुमारीले बताईन ।