लोकतन्त्र समाचारदाता—
सर्लाही,माघ ५
नेपाल रेडक्रस सोसाइटी उपशाखा चन्द्रनगरको सभापतिमा सरोज सिंह निर्विरोध चयन भएका छन्। हालै सम्पन्न उपशाखाको प्रथम साधारण सभामा सर्वसम्मत निर्णयबाट सिंहलाई सभापति पदमा चयन गरिएको हो।
सिंहसँगै उपशाखाको सचिव ,उपसचिव ,कोषाध्यक्ष , उपकोषाध्यक्ष,महिला सदस्य तथा खुला सदस्य पदहरुमा क्रमशः बिक्रम प्रसाद सिंह,दिपेन्द्र कुमार राय,विमल देवी महतो,मनसिप महतो,लालपरी देवी पंडित तथा शिवनाथ कापर,मकसुद आलम,नथुनी साह र दरोगा पासवन पनि सर्वसम्मतबाट निर्विरोध चयन भएका छन् । निर्वाचित सबै पदाधिकारीहरुको शुक्रवार चन्द्रनगर गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सर्लाहीका सभापति नागेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि पदस्थापन गरिएको छ।
पदभार ग्रहण गर्दै नव निर्वाचित सभापति सिंहले समाजसेवा र मानव कल्याणको क्षेत्रमा क्रियाशील रहँदै आफ्नो कार्यकालमा संस्था अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवाहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सिंहको नेतृत्वमा यस उपशाखाले मानवता, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन र समाजिक विकासमा थप योगदान दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्: