![](https://www.loktantrakhabar.com/wp-content/uploads/2025/01/473658284_1612428756312642_7359764302676746430_n.jpg)
सलाही, माघ ५: मधेशी स्वास्थ्यकर्मी फोरम, नेपालले बलिदानी दिवसको अवसरमा प्रादेशिक अस्पताल मलंगवामा फलफूल वितरण कार्यक्रम आयोजना गरेको छ ।
यस कार्यक्रमले मधेश क्षेत्रका स्वास्थ्यकर्मीहरूको योगदानको सम्मान गर्दै स्वास्थ्य सेवा प्रवाहमा सुधार गर्ने सन्देश दिएको छ । फलफूल वितरण कार्यक्रम फोरमको पहलमा आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले आफ्नो पेशागत अधिकारको संरक्षण तथा स्वास्थ्य क्षेत्रमा सुधार गर्न फोरमको प्रयासको सराहना गरेका छन् ।
स्वास्थ्यकर्मीहरूको बलिदानीलाई सम्झन र सम्मान गर्न फोरमले यो कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्यकर्मी फाेरमका जिल्ला अध्यक्ष बालकिशाेर यादवले जनाउदै उहाँले यस प्रकारका कार्यक्रमले स्वास्थ्यकर्मीहरूलाई थप उत्साह प्रदान गर्नुका साथै समुदायमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका जिल्ला उपाध्यक्ष गणेश यादव, सचिव रंधिर यादव, अस्पतालका ब्यवस्थापन समितिका अध्यक्ष सतिश साह, प्रेस मञ्च नेपालका के. कार्यवाहक अध्यक्ष मनाेज यादव, केन्द्रीय सदस्य बख्तियार अलि, प्रेस मञ्च नेपालका प्रदेश महासचिव तथा नेपाल पत्रकार महासंघ सर्लाहीका उपाध्यक्ष बन्दना झा, शिक्षक ओेमप्रकाश यादव लगायतका ब्यक्तिहरूकाे उपस्थिती रहेकाे थियाे ।