Loktantra Khabar National Weekly
Ad

यातायात मन्त्री रायले ल्याएको मधेस प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१ देशमै पहिलो सवारीसाधनको कर र जरिवानामा शतप्रतिशत छुट

लोकतन्त्र खबर
६ माघ २०८१

मनोज यादव—
सर्लाही,माघ ६
सवारीसाधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले शतप्रतिशत छुट दिने भएको छ । श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले शनिवार सर्लाहीको सदरमुकाम मलंगवामा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी गराएका हुन्।उक्त ऐन गत मंसिर १९ गते प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ।
श्रम तथा यातायात मन्त्रालय जनकपुरधामले मलंगवा स्थित सुजाता होटलमा आयोजना गरेको प्रदेश स्तरीय नियमित त्रैमासिक गोष्ठीको अवसरमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री रायले उक्त ऐनअन्तर्गत सवारीसाधनको कर र जरिवानामा शतप्रतिशत छुट दिने निर्णय भएको जानकारी गराएका छन् । उनले उक्त ऐनमा एकमुष्ट १५ वर्षको लागि नविकरण गराउन सक्ने ब्यवस्था गरेको र यसका लागि गाडीको मुल्यको मात्र ५ प्रतिशत रकम लाग्ने बताएका छन् ।
मन्त्री रायले ल्याएको यस किसिमको ऐन मधेस प्रदेश बाहेक नेपालको अन्य कुनैपनि प्रदेशमा नरहेको र उहाँले चाल्नु भएको ऐतिहासिक कदमबाट प्रदेशका लाखौं जनताहरु लाभान्वित हुने समेत अपेक्षा लिइएको मन्त्रालयका बरिस्ठ उपसचिव रंजित यादवले पत्रकार सम्मेलनमा बताएका छन् ।
कार्यक्रममा मन्त्रालयका बरिस्ठ उपसचिव रंजित यादव सहित मधेस प्रदेश अन्तर्गत आठ वटै जिल्लाका यातायात व्यवस्था कार्यालयका कार्यालय प्रमुखहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: