Loktantra Khabar National Weekly
Ad

भव्य सहभागिता बिच रास्वपाको हरिपुर नगर कमिटि बिस्तार

लोकतन्त्र खबर
१९ माघ २०८१

लोकतन्त्र समाचारदाता–
सर्लाही १९ माघ । सर्लाहीको हरिपुर नगरपालिका वार्ड नं.१ जानकीनगर खैरा टोलमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापती सरोज वानियाको सभापतित्वमा हरिपुर नगर कमिटि बिस्तार भएको छ । स्वस्ती चालिसे सभापति रहने गरि १५ सदस्य नगर कमिटि गठन भएको जिल्ला सभापति वानियाले जनाएको छ ।

 

उपसभापतिमा मेराज अंसारी, केवल कोईराला सचिव र बुद्धिमाया क्षेत्री कोषाध्यक्षमा चयन भएको छ । त्यस्तै सदस्यहरुमा सुक्रराज घिमिरे, हरि भन्डारी, कल्याण खडका, अशोक धामी, बैधनाथ चौधरी, कमरे आलम, अच्छेलाल चौधरी, रामकिशन चौधरी, अमित चौधरी र शारदा देवी चौधरी सदस्यहरुमा चयन भएको प्रदेश सदस्य डा. इन्द्रजित महतोले बताउनु भयो ।

 

रास्वपाका मधेश प्रदेश उपसभापति राधिका न्यौपानेको प्रमुख आतिथ्यतामा नगर कमिटि बिस्तार भएको प्रदेश प्रवतmा रंजित रामले बताए । कार्यक्रममा प्रदेश सदस्य शैलेन्द्र साह जिल्ला उपसभापति रेखा खडका लगायतका पार्टीका नेताहरुले कार्यक्रममा सम्बोधन गर्दै अब आउने दिनमा सर्लाहीका २० वटै पालिकाहरुमा संगठन बिस्तारमा लागन सबैलाई आग्रह समेत गर्नुभयो ।

 

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापती सरोज वानियाले भने अहिलेको अवस्था र व्यवस्था परिवर्तन गर्न आम जनताको साथ सहयोगको बिकल्प नरहेको बताउदै जिल्लावासीको चाहना र भावना अनुसार काम गर्नुपर्ने कुरामा वहाले जोड दिनुभयो ।

 

संगठन बिस्तार र हरिपुर नगर कमिटि गठन कार्यक्रममा स्थानीयहरुको भव्य सहभागिता रहेको थियो । नवगठित नगरकमिटिका पदाअधिकारीहरुलाई कार्यक्रममा सहभागि रास्वपाका नेताहरुले फुलमाला र अबिर लगाएर कार्यकाल सफलताको कामना गर्दै सबैलाई बधाई दिएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: