Loktantra Khabar National Weekly
Ad

भाँडसरमा सम्पन्न प्रथम वडा अध्यक्ष कप २०८१ मिकरानी क्रिकेट क्लबको पोल्टामा

लोकतन्त्र खबर
२० माघ २०८१

मनोज यादव —
सर्लाही, माघ २०
सर्लाहीको मलंगवा  नगरपालिका वडा नम्बर-५,भाँडसरमा आयोजित प्रथम वडा अध्यक्ष कप २०८१ क्रिकेट प्रतियोगिताको उपाधि मिकरानी क्रिकेट क्लबले हात पारेको छ।
शनिबार सम्पन्न फाइनल खेलमा मिकरानी क्रिकेट क्लबले प्रतिद्वन्दी टोली जय मातादी क्रिकेट क्लबलाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो। रोमाञ्चक फाइनल खेलमा मिकरानी क्लबका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिद्वन्द्वी टोलीलाई पराजित गरेका थिए।
जम्मा १६ ओभरको खेलमा मिकरानी क्रिकेट क्लबले २१३ रन बनाएका थिए। १३५ रन जोडेका जय मातादी क्रिकेट क्लबलाई मिकरानी क्रिकेट क्लबले ९ विकेटको फराकिलो अन्तरले पराजित गरेका थिए।
प्रतियोगिताका विजयी टोलीलाई वडा अध्यक्ष जुल्फेकार अली तथा वडा सदस्यहरूले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए। फाइनल खेलका उत्कृष्ट बलर मोहम्मद अनबर अली र उत्कृष्ट ब्याट्स म्यान जिसान मिकरानी घोषित भएका थिए।
वडा अध्यक्ष अलीले प्रतियोगिताले युवाहरूलाई खेलकुदप्रति प्रेरित गर्ने बताए। स्थानीय ६ वटा क्रिकेट  क्लबहरूको सहभागिता रहेको यस प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको वडा अध्यक्ष अलीले बताए ।
प्रतियोगिता अवधीभर क्रिकेटप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिताले स्थानीय खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागी खेलाडीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्: