लोकतन्त्र समाचारदाता-
सर्लाही , माघ २१
जनता समाजवादी पार्टी ९जसपा० नेपालको भातृ संगठन समाजवादी महिला संघ, सर्लाहीको जिल्ला भेला सम्पन्न भएको छ। भेलाले चन्द्रिका सिंह दनुवारको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ।
सर्लाहीको सदरमुकाम मलंगवामा आयोजित कार्यक्रममा जसपाका सर्लाही जिल्ला अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि पुर्व सांसद एवं मधेश प्रदेश अध्यक्ष अशोक यादव,विशिष्ठ अतिथि जसपा केन्द्रीय सदस्य बम बहादुर लामा,सञ्चमाया मोक्तान, रमन मिश्र, अजय यादव, सोहन झा, विनोद जयसवाल लगायत नेताहरुको उपस्थिति रहेको थियो।
समाजवादी महिला संघको नयाँ नेतृत्व चयन गर्दै कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्: