Loktantra Khabar National Weekly
Ad

स्तरवृद्धिको माग गर्दै कविलासी न. पा. मा धर्ना कार्यालयमा तालाबन्दी

लोकतन्त्र खबर
२३ माघ २०८१

बखतियार अलि–

सर्लाही २३ माघ । सर्लाहीको कविलासी नगरपालिकाका १४ जना कर्मचारीहरूले स्तरवृद्धिको माग गर्दै कार्यालयमा तालाबन्दी गरेर अनिश्चितकालका लागि धर्नामा बसेको छ । मधेश प्रदेश सरकार स्थानीय सेवा गठन तथा संचालन ऐन २०८१ को दफा २९ को उपदफा १÷२ बमोजिम स्थानीय तहका कर्मचारीको स्तर÷तह बृद्वि गर्ने कानुन मधेश प्रदेश सरकारले चालू आ. व. को भदौे ७ गते पारित भए बमोजिम सोहि ऐन अनुसार कविलासी नगरपालिकाको कार्यपालिका बैठकले योग्यता पुगेका नगरपालिकामा कार्यरत कर्मचारीहरूको स्तरवृद्धि गर्ने भनी पुस ९ गते कार्यपालिकाको बैठकबाट समेत निर्णय गरि पास गरि सकेको छ ।

 

यधपी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकिशोर महतो र नगर प्रमुख ब्रहम्देव राय संग पटक–पटक कुरा हुदा स्तरवृद्धिको माग गर्दा आफुहरुलाई आश्वासन मात्र प्राप्त भयो । कर्मचारीको स्तरवृद्धि गर्न कुनै पहल नगरेपछि आफुहरू बुधबार देखि कार्यालयमा तालाबन्दी गरेर अनिश्चितकालीन धर्नामा बस्न बाध्य भएको प्राविधिक सहायक रामवचन रायले गुनासो गर्नुभयो । तेस्तै आफुहरूको मागलाई तुरुन्तै पूरा गरेन भने आफुहरूको आन्दोलन लगातार जारी रहने जनस्वास्थ्य निरिक्षक राजेश कुमार महतोले बताउनु भयो ।

 

यस कार्यालयमा कार्यरत १४ जना कर्मचारीहरुको स्तरवृद्धि नहुदा कर्मचारीहरुको मनोबल कम भएको छ । राज्यले निर्धारण गरेको र कानुन समेत बनाएर प्रदेश सरकारले कार्यान्वयन गर्न आदेश जारी गरेपनि कविलासी नगरपालिकाले स्तरवृद्धि नगरि दिदा यहा कार्यरत कर्मचारीहरु दुख भोग्न बाध्य भएको जनस्वास्थ्य निरिक्षक संजिव साहले बताए । यश सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत महतो संग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्: