अजिता चौधरी–
सर्लाही २३ माघ । सर्लाहीको लालबन्दी नगरपालिका वार्ड नं. ७ मा संचालनमा रहेको पिस ल्याण्ड मन्टेश्वरी स्कुलका प्रिन्सिपल सुजित चौधरीले स्कुलमा नामांकनबाट प्राप्त भएको रकमबाट पदम भुवनेश्वरी नमुना बृद्धसेवाश्रममा रहेका वृद्धवृद्धाहरुलाई एकछाक मिष्ठान भोजन खुवाउनु भएको छ ।
स्कुलका संस्थापक शर्मिला घिसिंग, प्रिन्सिपल सुजित चौधरीका आमा शुभगिया देवी थरुनी, मन्टेश्वरी स्कुलका इन्चार्ज नानी माया लामा र चन्द्रबहादुर डिमदोंग सहितका व्यतिmहरु बृद्धसेवाश्रममा आफै उपस्थित भई आफनै हाथले वृद्धवृद्धाहरुलाई मिष्ठान भोजन खुवाएर मानव सेवा गर्नु भएकोमा प्रिन्सिपल सुजित चौधरी लगायत मन्टेश्वरी स्कुलका सम्पुर्ण महान व्यतिmहरुलाई बृद्धसेवाश्रमका संचालक वासुशरण कोईराला र भवानी कोईरालाले खादा ओढाई सम्मान गर्नुभयो ।
निजि स्कुलहरुले अभिभावकको ढाड सेक्ने काम गरिरहेको र शिक्षालाई व्यापार बनाएको जस्तो आलोचनाहरु समाजमा चर्चाको बिषय बनि रहेको बेला सुजित चौधरीले सरस्वती पुजाबाट संकलित चन्दा र नामांकनबाट प्राप्त रकमलाई जोहो गरेर गरिब दुखिको सेवामा खर्च गर्नु आफैमा ठुलो कुरा रहेको नागरिक समाजका अगुवा रघुविर ठाकुरले बताउदै प्रशंसा गर्नुभयो । पहिला देखिनै समाजिक कार्यमा कृयाशिल रहेका प्रिन्सिपल सुजित चौधरीले संचालन गरेको मन्टेश्वरी स्कुलको अहिले सर्वत्र चर्चा भईरहेको छ ।
प्रिन्सिपल चौधरीले मनोबैज्ञानिक तरिका र कलाहरुबाट कलिला बालबालिकाहरुको शिक्षा सिकाई र मष्तिक विकासमा जोड दिएको कारण जिल्ला भरिमा अहिले पिस ल्याण्ड मन्टेश्वरी स्कुलको प्रशंसा र चर्चा भईरहेको छ ।