
लोकतन्त्र समाचारदाता–
सर्लाही ०६ फागुन । ७५ औं प्रजातन्त्र दिवसको उपल्क्षयमा प्रादेशिक असपताल मलंगवामा रहेका बिरामीहरुलाई फलफुल बितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको अध्यक्षता र जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यमा फलफुल बितरण गरिएको हो ।
यस अवसरमा जिल्ला जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहा, नागरिक समाजका अध्यक्ष उग्रकान्त झा, शिवचन्द्र चौधरी लगायत महानुभावहरुको उपस्थिती रहेको थियो । ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ फाल्गुन ६, ७ र ८ गते गरि तीन दिनसम्म हर्षोल्लासपुर्वक भव्यताका साथ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने निर्णय भए अनुसार मंगलवार फलफुल बितरण गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवाका सूचना अधिकारी मुकेश यादवले बताउनु भयो ।
भोली बुधवार तुल ब्यानर सहित प्रभातफेरी रतmदान र जनप्रतीनिधी र कर्मचारीहरु बिच मैत्रीपुर्ण क्रिक्रेट प्रतियोगिता आयोजना गरिने छ । तेसै गरि बिहिवार सरकारी तथा गैरसरकारी कार्यालयहरुमा दिपावलीगरिने पनि कार्यक्रम रहेको जनाएको छ ।
बुधवार बिहान सात बजे देखि गरिने प्रभात फेरिमा सुरक्षा निकायका प्रमुख, नगरप्रमुख÷पालिका अध्यक्ष, राजनीति दलका प्रमुख तथा प्रतिनिधि, कार्यालय प्रमुख लगायतको उपस्थिति रहने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । जहानियाँ हुकुमी शासन अन्त्य भएको दिनलाई स्मरण गर्दै यो दिवस मनाउने गरिन्छ ।
राणा शासकहरूको १०४ वर्ष लामो वंशीय, निरङ्कुश र हुकुमी शासनलाई बिदा गरी मुलुकमा ‘प्रजातन्त्रको दियो’ बालिएको थियो, २००७ साल फागुन ७ का दिन । यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ को रुपमा मनाउदै आएको छ ।