Loktantra Khabar National Weekly
Ad

मलंगवा नगरपालिकाद्धारा दुईदिने निःशुल्क मुटुरोग शिविरको आयोजना

लोकतन्त्र खबर
९ फाल्गुन २०८१

बखतियार अलि–
सर्लाही ०९ फागुन । मलंगवा नगरपालिकाको आयोजना तथा राजश्री सेभिङ एण्ड को–अपरेटिभ, मेडिकेयर हस्पिटल तथा नेपाल हर्ट फाउन्डेसनको प्राविधिक सहयोगमा मलंगवामा दुई दिने निःशुल्क मुटुरोग शिविर सञ्चालन भएको छ । फागुन ९ र १० गते सम्म संचालन हुने यस शिविरमा १ हजार भन्दा बढि मुटु रोगका बिरामीहरुले आफ्नो मुटुको स्वास्थ्य परीक्षण गराएर स्वास्थ्य लाभ लिने आकलन गरिएको छ ।

नेपालका वरिष्ठ मुटु रोग विशेषज्ञहरू तथा अत्याधुनिक स्वास्थ्य उपकरणको प्रयोग गरी चेकअप प्रदान गरिने वरिष्ठ मुटु रोग बिशेषज्ञ डा. प्रकाश राज रेग्मीले बताउनु भयो । साथै पुराना तथा अज्ञात मुटु समस्याका बिरामीहरूको समेत उपचार गरिने डाक्टर रेग्मीले भने । यस शिविरमा पैथोलोजी ल्याब सहित प्राविधिक र मुटुरोगका बिशेषज्ञ चिकित्सकहरु सहित १६ जनाको टोली दुई दिने निःशुल्क मुटुरोग शिविरमा खटेकाले मलंगवा नगरका जनताले मुटु रोग सम्बन्धी सम्पुर्ण उपचार र सेवा पाएर लाभान्वित हुने समाज सेवी शिवजी रायले बताउनु भयो ।

मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवले नगरपालिकाको लगानीमा जनतालाई उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले यस शिविरको आयोजना गरिएको जानकारी गराउदै नगरका १२ वटै वडाका वडा अध्यक्षहरुलाई अ–आफनो वडामा रहेका मुटुरोगीहरुलाई निशुल्क स्वास्थ्य शिविरको जानकारी गराएर स्वास्थ्य परिक्षण गराउनको लागि आह्वान गर्नुभयो ।

 

दुई दिने निःशुल्क मुटुरोग शिविरको उदघाटन कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको बिशिष्ठ आतिथ्यतामा नगरप्रमुख यादवले पानसमा दिप बालेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।

 

कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरू, स्वास्थ्यकर्मीहरू तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो । नगरवासीहरूका लागि अत्यन्तै लाभदायक सिद्ध हुने यो शिविरमा १ हजार बढि स्थानीयहरुले स्वास्थ्य सेवा लिने मलंगवा नगरपालिकाका स्वास्थ्य संयोजक सलिम मिकरानीले जनाएको छ । दुई दिने निःशुल्क मुटुरोग चेकजाँच गरि औषधी बितरण पनि गर्ने भनि स्वास्थ्य शिविर संचालन भएपछि सेवा लिनका लागि स्थानीयहरुको घुईचो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्: