Loktantra Khabar National Weekly
Ad

भारतीय प्रहरी ssb को कुटपिटबाट फेरि बलराका रायको खुट्टा भाचियो

लोकतन्त्र खबर
९ फाल्गुन २०८१

बखतियार अलि–
सर्लाही ०९ फागुन । भारतीय सशस्त्र प्रहरी एसएसबीको कुटपिटबाट फेरि एकजना नेपालीको खुट्टा भाचेको छ । बिहिवार साझको समयमा सर्लाहीको बलरा नगरपालिका बस्ने गोलु राय भारतको बिहार सिमानाकामा पर्ने बसबीट्टा बजारबाट घरको लागि आवश्यक समान खरिद गरी आउने क्रममा ssb ले पछाडीबाट लठिले अचानक कुटपिट गर्दा मोटरसाइकलको सन्तूलन बिग्रिएर खस्दा दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो ।

 

बिहिवार साझको समयमा घाईते रायलाई उपचारको लागि काठमाडौंको बिएण्डबी असपतालमा भर्ना गरेको थियो । उनका आफनत अरबिन्द रायले दिएको जानकारी अनुसार चोट लागेको खुटटामा रगत जमि सकेकोले घाईते रायको खुट्टा काटनु परेको छ ।

 

स्थानियको अनुसार दशगजा भन्दा भित्र नेपाल छिरेर ssb ले राय माथि कुटपिट गरेको थियो । यश सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन परिवारजनले जोडदार माग गरेको छ ।

 

नेपाली प्रहरी प्रशासनलाई यश बारेमा गुनासो गर्दा केही पनि सहयोग नगरेको परिवारिक श्रोतको भनाई छ । यसरी ssb ले नेपालीहरूलाई नेपाल भित्र प्रवेश गरेर कुटन थालेपछि ग्रामीण भेगका जनताहरूमा आतंक श्रृजना भएको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: